बाढीबाट जोखिन रौतहट प्रशासनको आग्रह

बाढीबाट जोखिन रौतहट प्रशासनको आग्रह

फणि महत
गौरः लगातारको वर्षापछि नदीमा पानीको बहाब बढ्नथालेपछि सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले रौतहट बासीलाई आग्रह गरेको छ ।
रौतहटको बागमती, लालवकैया र चादीनदीमा लगातार वर्षापछि पानीको सतह बढेको छ ।


बागमती सिचाइ आयोजनाले बागमती नदीमा निमार्ण गरेको बाँधका सवै ढोका खुल्ला गरिएको छ । बागमती नदीमा एक लाख ३० हजार क्युसेकभन्दा बढी पानीको बहाव रहेको बताछ ।


नदिमा थोरै मात्रै पानी बढे बिश्रामपुर गाबिसको बलेरीखोर लगायतको बस्तिमा बाढीपस्ने खतरा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी मनोजकुमार यादवले जनाएका छन ।

बाढीका कारण नदी आसपासका बस्तिहरु जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले सचेत रहन आग्रह गरेको छ ।

बागमती, लालबकैया र चादीनदीमा ठुलो बाढी आएकाले तटीयक्षेत्रमा बसोवास गर्नेहरुलाइ सावधानी अपनाउन आग्रह गर्दै खतरा महसुस भए नजिकको प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमा खवरगर्न समेत रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले आग्रह गरेका छन ।


प्रमुख जिल्ला अधिकारी बरालले भने–‘नदीहरुमा ठुलोबाढी आएकोले खतरा छ, सवै सुरक्षानीकायलाइ तयारी अवस्थामा राखिएको छ ।


केहि दिन देखि पहाडी क्षेत्रमा लगातार भएको बर्षा र गएरातिदेखिको मध्यतराईमा भैरहेको बर्षाका कारण ती नदीहरुले बाधहरु समेत कटान गर्दै आएको छ । जिल्लाका एकदर्जनभन्दा बढी गाबिसका बासिन्दा नदीमा ठुलो बाढी आएपछि त्रसित छन ।

बागमती नदीमा ठुलो बाढी आउदा बिश्रामपुर, बेलबिछवा, बर्डवा, राजदेवी, ब्रम्हपुरी लगायतको गाबिसका बासिन्दा त्रसित छन भने, लालबकैया नदीमा आएको बाढीका कारण भसेडवा, वन्जरहा, इनरर्वा, लक्ष्मीनिया, मर्यादपुर, कटहरीया लगायत गाबिसका बासीन्दा लाइ त्रसित बनाएको छ ।

नदिले कटान गरेको स्थानहरु र सम्भावित जोखिम स्थानहरुमा जल उत्पन्न प्रकोप तथा नियन्त्रण कार्यालयलाइ कटान नियन्त्रणका लागी स्थानिय प्रशासनले निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.