मेला हेर्न गएका चार युवकलाई कमला नदीले बगायो

मेला हेर्न गएका चार युवकलाई कमला नदीले बगायो

सिरहा : कमला नदीको बाढीले बगाएर गएराती एकजनाको ज्यान गएको छ, तीन जनाको अवस्था अज्ञात रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

ज्यान जानेमा महात्तरी बर्दिवासका २१ वर्षिय मनोज योगी रहेका छन् ।साउने सोमवारी मेला हेर्न सिरहाको उत्तरायणी आईरहेका चारजना युवाहरु धनुषाको चिसापानीबाट कमला नदी पारगर्ने क्रममा कमला बगेको प्रहरीले जनाएको छ ।

बगेर आएका योगीको शव बन्दिपुरदेखि करिव ५ किलोमिटर उत्तरतर्फ कमला नदीको भंगालोमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए ।

महोत्तरी वर्दिवास १६ का १७ वर्षिय सुरज तामाङ, १६ वर्षिय धर्मराज बलम्पाकी मगर र गौशलाका १७ वर्षिय शिवशंकर ठाकुर रहेको प्रहरीले जनाएको छ । उनीहरुका आफन्तले आफ्ना छोराहरु अझै सम्पकर्मा नआएको भन्दै प्रहरी खोजीदिन आग्रह गरेको जनाएको छ ।

प्रहरीले उनीहरुको खोजी कार्य गरिरहेको जनाएको छ । उनीहरु आफन्तको सम्पर्कमा पनि नआएको र शव पनि फेला नपरेको हुँदा उनीहरुको अझै खोजी भईरहेको बताईको छ । खोजीमा कार्यक्रमा नेपाली प्रहरी, सशस्त्र प्रहरी र उनीहरुका आफन्तहरुपनि सक्रिय रहेको बताइएको छ ।शव पोष्टमार्टमकोलगि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.