जुस पिएर डा. केसीले अनसन तोडे

जुस पिएर डा. केसीले अनसन तोडे

काठमाडौँः १६ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको अनसन तोडिएको छ । चिकित्सा क्षेत्र सुधारसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि महाअभियोगको माग गर्दै १६ दिनदेखि अनसनमा बसेका डा. केसीले सोमबार अनसन तोडेका हुन् ।

स्वास्थ्य सचिव डा. सुरेन्द्रराज उप्रेतीसहित अन्य तीन जना बिरामीबाट जुस पिएर केसीले अनसन तोडेका हुन् ।

आफ्ना मागबारे लचिलो बन्दै डा. केसी अनशनको १५ औं दिन सरकारी वार्ता टोलीसँग सहमतिमा पुगेका थिए । यससँगै उनी सोमबार अनशन तोड्नसमेत सहमत भएका हुन् ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोग लगाउनुपर्ने मागलाई प्रतिष्ठाको मुद्दा नबनाउन डा. केसी राजी भएपछि चिकित्सा शिक्षाको स्तरीयता, विद्यार्थी भर्नामा पारदर्शिता, केन्द्रीय प्रवेश परीक्षा प्रणाली, सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र अध्ययनका लागि ७५ प्रतिशत विद्यार्थीका लागि क्रमशः छात्रवृत्ति उपलब्ध गराउने र प्रत्येक प्रदेशमा कम्तीमा एकएक मेडिकल कलेज सञ्चालन गर्ने सहमति दुवै पक्षबीच भएको छ ।

सरकारी वार्ताटोली र डा.केसी पक्षबीच भएको सम्झौताअनुसार काठमाडौं उपत्यकामा आगामी १० वर्षसम्म नयाँ मेडिकल, डेन्टल र नर्सिङ कलेजलाई सम्बन्धनका लागि मनसायपत्र नदिने र मनसायपत्र पाइसकेका कलेजलाई सञ्चालन अनुमति नदिन पनि सरकार सहमत भएको छ । तर मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा उसलाई प्रस्तावित सहकारी क्षेत्रबाट बाहिर ल्याई सरकारको स्वामित्वमा रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले सञ्चालन गर्ने प्रस्तावमा डा.केसी सहमत भएका छन् ।

नयाँ सहमतिअनुसार चिकित्सा शिक्षाको शुल्क र सिट संख्या निर्धारणको आधार चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र राखी उक्त आयोगले निर्धारण गरेबमोजिम प्रस्तावित विधेयकमा उल्लेख भइसकेको र पूर्वसम्झौताअनुसार शुल्क र सिटसंख्या नियमावलीमा समावेश गर्नेमा पनि दुवै पक्षबीच सहमति भएको छ ।

सरकारी टोली र डा. केसी पक्षीय टोलीबीच आइतबार साँझ स्वास्थ्य मन्त्रालयमा भएको चौथो चरणको वार्तामा मनमोहनलाई सरकारले किन्ने विकल्पमा सैद्धान्तिक सहमति भए पनि डा. केसीले अनशन तोड्नुपूर्व राजनीतिक प्रतिबद्धता मागेका थिए ।

प्रधानमन्त्री केपी ओलीको राजीनामापछि प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल र उनको सहयोगी पार्टी कांग्रेसका सभापति शेरबहादुर देउवाबाट डा. केसीले त्यस्तो प्रतिबद्धता खोजेका हुन् ।

सहमतिको मस्यौदा लिएर डा। केसी पक्षीय टोली उनलाई मनाउन त्रिवि शिक्षण अस्पताल पुगेको थियो । कामचलाउ सरकारले गरेको सहमति अर्को सरकारले नगर्ने हो कि भन्ने आशंकाका कारण केसीले नयाँ सरकारमा सहभागी हुने दलहरूबाट अनुमोदन खोजेको उनका समर्थकले बताए ।

मनमोहन प्रतिष्ठानअन्तर्गतका स्वयम्भूस्थित मनमोहन मेमोरियल टिचिङ हस्पिटल र दहचोकमा सञ्चालनको तयारीमा रहेको बेसिक साइन्स भवन यसअघि नै न्याम्सअन्तर्गत सञ्चालन गर्ने तयारीमा सरकार थियो । डा। केसीले संसद्मा प्रस्तुत भइसकेको प्रतिष्ठान विधेयक फिर्ता हुनुपर्ने माग अघि सारेका थिए ।

स्वास्थ्य कमजोर बन्दै गएका केसीको समर्थनमा हुने गतिविधि हिंसात्मकतर्फ मोडिने जोखिमसमेत देखापरेकाले दुवै पक्ष उनको अनशनको समाप्तितिर लागेका थिए । अनशनका कारण चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको अध्ययनअध्यापन ठप्प छ । त्रिवि शिक्षण अस्पतालसँगै रहेको मनोमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स सेन्टरको सेवा अस्तव्यस्त छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.