विप्लव माओवादीले गुड्दै गरेको ट्रक जलाए

विप्लव माओवादीले गुड्दै गरेको ट्रक जलाए

दमौलीः नेकपा माओवादीका कार्यकर्ताहरुले तनहुँमा एक ट्रकमा आगजनी गरेका छन् । बन्दमा सवारी चलाएको भन्दै माओवादी कार्यकर्ताले आगजनी गरेका हुन् ।

सोमबार बिहान बन्दीपुर ४  स्थित पृथ्वी राजमार्गमा गुडिरहेको ना ४ ख ३९१ नम्बरको ट्रकलाई रोकेर माओवादीका कार्यकर्ताले आगजनी गरेका थिए । घटनालगत्तै पुगेको नेपाल र सशस्त्र प्रहरीको टोलीले आगो निभाएको थियो ।

ट्रक गुडिरहेकै अवस्थामा रोकेर आगो लगाएका उनीहरुले ट्रकका चालक र सह चालकलाई भने बाहिर निकालेका थिए ।

प्रहरीले तुरुन्तै आगो निभाएका कारण ट्रकको अग्रभागमा केही क्षति पुगे पनि पुरै जल्नबाट बचेको प्रहरीले जनाएको छ ।

स्कर्टिङमा सवारी साधन
यसैबीच, तनहुँ प्रहरीले स्कर्टिङ गरेर छोटो तथा लामो दुरीका सवारी साधन कटाएको छ । कास्कीबाट प्रहरीको स्कर्टिङमा तनहुँको कोत्रे आएका सवारी साधनलाई स्कर्टिङमा तनहुँ कटाइएको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

प्रहरीका प्रत्येक इकाइले आफ्नो क्षेत्रबाट सवारी साधन कटाएर स्थानीय इकाइको जिम्मामा छाडेका छन् । चितवनको मुग्लिङ पुलसम्म स्कर्टिङ गरिएको प्रहरीले जनाएको छ ।

बन्द गराउन राजमार्गमा उत्रिएका ६ जना कार्यकर्ताहरुलाई दमौलीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.