झापामा बाढीले दुईजनाको मृत्यु, एक बेपत्ता

झापामा बाढीले दुईजनाको मृत्यु, एक बेपत्ता

बिर्तामोडः अबिरल वर्षापछि आएको बाढीका कारण झापामा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् भने ९ सय घरपरिवार विस्थापित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्काको मृत्यु भएको हो । कुमरखोद–४ स्थायी बसोबास गर्दै आएका भारत घर भएका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माई खोलाले बगाएर बेपत्ता बनाएको छ ।

झापामा सोमबार केही मात्रामा वर्षा रोकिएको छ । मैनाचुलीमा रहेको कनकाई जलमापन केन्द्रमा पछिल्लो २४ घन्टामा ९७.४० मिलिमिटर वर्षा मापन गरिएकोे छ ।

वर्षापछि आएको बाढीले विस्थापित हुनेहरुको विवरण सङ्कलन गर्ने काम भइरहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । बाढीबाट हजारौँ मानिस प्रभावित भएको जनाइएको छ। विस्थापित भएकालाई राहत वितरण कार्य भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

झापाका मेची, निन्दा, विरिङ, कनकाई, रतुवालगायतका नदीमा पानीको सतह बढेपछि धेरै घरपरिवार विस्थापित भएका हुन् । बाढीका कारण के कति आर्थिक क्षति भयो सोको विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी भुजेलले बताए ।

मेचीपारी भैंसाबाडीका एकसय २३ घर डुबे
केही दिनदेखिको अविरल वर्षाको कारण मेची नदीमा पानीको बहाव बढेपछि भद्रपुर नगरपालिका वडा नम्बर १ को भैंसाबाडी टोलको पश्चिमबाट पानीको भङ्गालो गाउँ पसेपछि पुरै गाउँ डुबानमा परेको छ ।

गाउँ  डुबान भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पृथ्वीनगर र र पाठामारीका स्थानीयबासीको सहयोगमा डुङ्गा प्रयोग गरि उक्त गाउँका एक सय २३ घरधुरीका ६२२ जनालाई  उद्धार गरीर हिमाली उच्च मा.वि.पृथ्वीनगर र हिमाली चोकको बजारको सेडमा स्थानान्तरण गरिएको  भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।बाढी पीडितलाई सामुहिक भोजनको व्यवस्था गरिएको अधिकृत घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.