न्युयोर्क किम्फ फेस्टिबलमा उठेको तीन लाख स्कुल निर्माणमा

न्युयोर्क किम्फ फेस्टिबलमा उठेको तीन लाख स्कुल निर्माणमा

काठमाडौँ: अमेरिकाको न्युयोकर्मा भएको यस वर्षको किम्फ फिल्म फेस्टिबलमा उठेको पैसाले सोलुखुम्बुको एक स्कुल बन्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सोलुखुम्बुको सेर्गा गाउँको सेर्गा बागम प्राथमिक विद्यालय बन्ने भएको हो ।

हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापा र एभरेस्ट टाइम्सका सम्पादक ङिमा पाख्रिनले विद्यालयका प्रतिनिधि तथा टाकर्म दुरदार्शी समुहका अध्यक्ष दावा शेर्पालाई तीन लाख २५ हजार पाँच सय २५ रुपैयाँ  हस्तान्तरण गरेका छन् ।

भूकम्पले क्षतिग्रस्त सेर्गा प्राविले सहयोग पाएकोमा शेर्पाले खुसी व्यक्त गरे। ‘विद्यालयमा जम्मा दुई कोठे भवन थियो, त्यो पनि गत वर्ष आएको भूकम्पले भत्काइदियो’, शेर्पाले भने, ‘यो रकमले बलियो भवन बन्ने भएको छ।’ सेर्गा प्रावि सोलुखुम्बुकै दुर्गम गाउँमा रहेको र शिक्षकको अभावमा पढाइसमेत नियमित नहुने उनले दुखेसो उनको छ ।

विद्यालयलाई सहयोग गर्न पाएकोमा एसोसिएसनका अध्यक्ष थापा र एभरेस्ट टाइम्सका सम्पादक पाख्रिनले खुसी व्यक्त गरे। उनीहरुले सहयोग गरिएको रकम सदुपयोग हुने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल(किम्फ)को आयोजना र न्युयोर्कबाट प्रकाशन हुदै आएको एभरेष्ट टाइम्स पत्रिकाको सहआयोजनामा न्युयोर्कमा गत जुन ५ मा घुम्ती किम्फ आयोजना गरिएको थियो।

कार्यक्रममा संकलित रकम विद्यालयलाई सहयोग पठाइएको एभरेस्ट टाइम्सका प्रधानसम्पादक आङछिरिङ शेर्पाले बताए। हिमाल एसोसिएसनसँग मिलेर एभरेस्ट टाइम्सले हरेक वर्ष न्युयोर्कमा किम्फ प्रदर्शन गर्दै आएको छ।

गत वर्ष अगस्ट २९ मा न्युयोर्कमा आयोजित किम्फबाट संकलित १ लाख ८६ हजार ५ सय रुपैया सोलुखुम्बुकै चाँगेस्थान माध्यमिक विद्यालयलाई सहयोग गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.