'अब खाएर सशक्त आन्दोलन गर्छु'

'अब खाएर सशक्त आन्दोलन गर्छु'


काठमाडौं: यसअघि भएको सम्झौता कार्यान्वयन गर्न सरकारले सहमति जनाएपछि प्राध्यापक डा. गोविन्द केसीले १६ औं दिनमा ‘आमरण अनशन' तोडेका छन् । अनशन तोडे पनि आफ्नो आन्दोलन नसकिएको दाबी गर्दै डा. केसी आफ्नो स्वास्थ्य सुधारका लागि अनशन बसिरहेको कोठाबाट त्रिवि शिक्षण अस्पतालको मेडिकल वार्डको ‘क्याबिनमा' सरेका छन् ।

डा. केसीले गोरखा लो गाविसका ३० वर्षीय भिक्षु छेवाङनोर्बु लामा, सिन्धुपाल्चोकका भूकम्प प्रभावित पाँच वर्षीय बालक सरोज नेपाली, आफैंबाट उपचार गराइरहेकी सिरहाकी ४० वर्षीया अनितादेवी महतो र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । ‘मैले हिमाल, पहाड र तराईका मानिसको हातबाट जुस पिएर अनशन तोडेको छु । म चाहन्छु, यी सबै क्षेत्रका मानिसको गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच होस्', उनले भने ।

डा. केसीले अहिलेसम्म केही नखाई आन्दोलन गरेको र सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयनका लागि दबाब दिन अब खाएर सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । अनशनको सुरुमा कडा रूपमा प्रस्तुत भए पनि डा. केसीले लचिलो बन्दै सरकारसँग सहमति गरेर अनशन तोडेका छन् । उनले भने, ‘चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि अझ ठूलो लडाइँ आवश्यक छ ।'

यसअघिका अनशन तोड्ने बेला चिकित्सक, शुभचिन्तक र सर्वसाधारणको बाख्लो उपस्थिति रहने त्रिवि शिक्षण अस्पतालमा सोमबार भने न्यून संख्यामा मानिस भेला भएका थिए । ‘इएनटी' भवनको एउटा कोठामा डा. केसीले अनशन तोड्दा केही प्राध्यापक, सञ्चारकर्मी, विद्यार्थी र विवेकशील पार्टीका नेताकार्यकर्ता देखिए ।

 

डा. केसीले जुस पिएपछि त्यहाँ पुगेका पूर्वमुख्यसचिव लीलामणि पौडेलले सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि निरन्तर दबाब दिनुपर्ने बताए । ‘एकजनाले मात्र बोलेर वा कराएर मुलुकको विकास हुँदैन । सबैको सामूहिक प्रयास आवश्यक छ', उनले भने ।

नेपाली कांग्रेसका सांसद गगन थापाले डा. केसीले उठाएका पूरा गर्न मिल्ने माग कार्यान्वयनमा सरकारले सम्झौता गरिसकेको र बाँकी संसद्भित्र प्रवेश गरिसकेकाले त्यसको कार्यान्वयनको जिम्मा आफूहरूमा आएको बताए । उनले भने, ‘केसी सरका मागलाई लिएर जसरी अहिले समाज विभाजित छ, त्यसैगरी सांसदहरू पनि विभाजित छन् । उहाँको मागमा सांसदहरूले बेवास्ता गर्न खोज्नुभयो भन्न खोजेको छैन । अख्तियार प्रमुखमाथि महभियोगको प्रस्ताव संसद्मा दर्ता गर्दा हामीले ठूलै जोखिम मोल्नुपरेको छ ।'

डा. केसीले मुख्य रूपमा उठाएको र विवादित बनेको प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज सरकारले किन्नेलगायत मागमा सहमति जनाएपछि अनशन तोडेका हुन् । यसअघि सोमबार बिहान माओवादी केन्द्रका नेता जनार्दन शर्माले डा. कसीलाई भेटेर पुनः अनशन बस्न नपर्ने गरी सरकारले गरेका सम्झौता पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

सहमति हुनुअघि आइतबार साँझ डा. केसीले बदलिँदो राजनीतिक परिस्थिति अर्थात् केपी ओलीको राजीनामापछि प्रस्तावित प्रधानमन्त्री उम्मेदवार पुष्पकमल दाहाल र उनको सहयोगी पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट आफूसँग भएको सम्झौता कार्यान्वयनका लागि प्रतिबद्धता खोजेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि महाभियोग लगाउने मागबाट भने डा. केसी पछि हटेका छन् । संसद्मा प्रवेश भइसकेको उक्त मागलाई प्रतिष्ठाको मुद्दा नबनाउन उनी सहमत भएका थिए । स्वास्थ्य कमजोर बन्दै गएको केसीको समर्थनमा हुने गतिविधि हिंसात्मकतर्फ मोडिने जोखिमसमेत देखा परेकाले दुवै पक्ष उनको अनशनको समाप्तितिर लागेका थिए ।

अनशनका कारण चिकित्साशास्त्र अध्ययन संस्थानको अध्ययनअध्यापन ठप्प थियो । मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स सेन्टरको सेवा पनि अस्तव्यस्त बनेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.