तीन सरकारी कार्यालयमा बाढी पस्यो

तीन सरकारी कार्यालयमा बाढी पस्यो

बेनीः अविरल बर्षापछि सोमबारराति म्याग्दीका तीन सरकारी कार्यालयमा बाढी पसेको छ । जिल्ला भु–संरक्षण कार्यालय, जिल्ला वन कार्यालय र जिल्ला पशुसेवा कार्यालय बाढीबाट प्रभावित भएका हुन ।

बेनी–अथुङ्गे सडकखण्डबाट बग्ने पानी कार्यालय नजिकै रहेको नालीबाट बग्ने गरेको थियो । तर, बेनी–दरबाङ सडकखण्डमा स्तरोन्नति गर्ने समयमा माटोको उचित व्यवस्थापन नगर्दा बाढी सरकारी कार्यालयतिर सोझिएको हो ।

जिल्ला भु–संरक्षण अधिकृत दिवाकर पौडेलले निरन्तरको बर्षा र माटोको सहि व्यवस्थापन नहुँदा कार्यालयमा बाढी पसेको बताए । ‘बाटो पीच गर्दा केही ग्याविनले नाली व्यवस्थापन गर्नु पर्दथ्यो, तर त्यसो नहुँदा नालीको पानी सडकमा आयो, त्यसैबाट बाढी आयो', उनले भने ।

कार्यालयमा बाढी पसेपछि कम्प्युटर लगायतका महत्वपूर्ण सामाग्रीमा क्षति पुगेको छ । भुसंरक्षण कार्यालय २ वटा, जिल्ला वन कार्यालयको ३ वटा कोठा बाढीले जलमग्न देखिएको छ । त्यहाँ बसेर काम गर्नसक्ने अवस्था छैन ।

तीन वटै कार्यालयको परिसर माटोको लेदोले भरिएको छ ।नेपाली सेनाको सहयोगमा लेदो हटाउने काम भईरहेको छ । बेनी–पाखापानी सडक खण्डबाट आउने बाढीले प्रत्येक वर्ष बेनीबजारका विभिन्न क्षेत्रहरुमा क्षति पुर्‌याउँदै आएको छ । संरक्षणमुखी विकास नहुँदाको बर्षेनी बेनीबजारको क्याम्पसचोक क्षेत्र र मंगलघाटबासीले यस्तै समस्या झेल्न बाध्य भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.