तीनकुनेको सुकुम्बासी बस्तीमा बागमती पस्यो (फोटोफिचर)
काठमाडौंः काठमाडौंको तीनकुने गैरीगाउँमा रहेको सुकुम्बासी बस्तीमा बागमती नदी पसेपछि त्यसबस्तिका सुकुम्बासी बिचल्लीमा परेका छन् ।
सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण बढेको नदीमा बढेको पानी बस्तीतर्फ पसेको थियो ।
पानी घर तथा कोठाभरी भरिएपछि बस्तीमा रहेका सुकुम्बासीहरु बिहानै थाल बटुका तथा बाल्टी लिएर घरभित्र पसेको पानी फाल्न व्यस्त देखिन्थे ।
भान्सा, बस्नेठाउँ, तथा सुत्नेकोठामा पानी जमेपछि उनीहरु रातभर जाग्रम बसेभने मंगलबार बिहान खुल्ला आकाशमुनि बसेर खाना पकाउन बाध्य भएका छन् ।
स्कूल जाने विद्यार्थीको विद्यालय पोशाक तथा किताव खाता भिजेका कारण आज स्कूलनै जान नपाएको उनीहरुले गुनासो गरेका छन् ।
गत वर्ष पनि सोही क्षेत्रमा नदीको पानी बस्तीमा पसेर डुबान भएको थियो ।
हेर्नुहोस सुकुम्बासी बस्तीमा पानीले मच्चाएको बितण्डा