नयाँ शहर बन्दै खुर्कोट

नयाँ शहर बन्दै खुर्कोट

काठमाडौंःबीपी राजमार्गको बनेपा–बर्दिबास सडकमा पर्ने सिन्धुलीको खुर्कोटमा राइट अफ वे २५–२५ मिटर पार्ने काम भइरहेको छ । ढल, फुटपाथ र नाली बनाउने काम पनि जारी छ । न्यूनतम सहरी सुविधा दिने गरीको सहर बनाउने सरकारी योजनाअनुरूप खुर्कोटमा विकास निर्माण अघि बढाइएको हो ।

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले नयाँ सहर आयोजनामार्फत खुर्कोटलाई काठमाडौंको सबैभन्दा नजिकको व्यवस्थित सहर बनाउन लागेको छ । नयाँ सहर आयोजना सिन्धुलीले चालू आर्थिक वर्षमा मुख्य बजार क्षेत्रमा सडक तथा ढल निर्माण कार्य गर्नेछ भने खुर्कोट बजार छोएको बीपी राजमार्गदेखि भीमेश्वर स्कुल हुँदै शंखमुल चोकसम्मको पाँच सय मिटर बाटो कालोपत्रे गर्नेछ । भीमेश्वर ९ पुग्ने बाटोको बाँकी खण्डमा ट्र्याक खोल्ने र बाटो स्तरोन्नति गर्ने काम पनि हुँदैछ ।

आयोजना सिन्धुलीका निमित्त प्रमुख प्रदीप खनालका अनुसार सहरको विकासका लागि ६ सय ७९ रोपनी जग्गामा जग्गा एकीकरण आयोजना लागू गर्ने र सो क्षेत्रमा पाँच प्रतिशत खुला क्षेत्र बनाइनेछ । उक्त क्षेत्रमा हाइटेन्सन लाइन भएकाले सोको मुनि १५–१५ मिटर छोडी त्यसमा ढल र ढलको दायाँबायाँ सडक बनाउने योजना छ ।
हाल खुर्कोटमा करिब एक सय घर छन् । बनेपा बर्दिबासको बाटो बन्नुअघि खुर्कोट सानो गाउँ थियो । जापान सरकारको सहयोगमा बीपी राजमार्ग बनेपछि खुर्कोटले जीवन पाएको हो ।

सरकारले मध्यपहाडी लोकमार्गमा पर्ने पूर्वाञ्चलमा पाँचथरको फिदिम र तेह्रथुमको वसन्तपुर, मध्यमाञ्चलमा सिन्धुलीको खुर्कोट र धादिङको बैरेनी, पश्चिमाञ्चलमा तनहुँको डुम्रे र बागलुङको बुर्तिबाङ, मध्यपश्चिमाञ्चलमा रुकुमको चौरजहारी र अछामको साँफेबगर र सुदूरपश्चिमाञ्चलमा बैतडीको पाटन र दैलेखको राकसकर्णाली गरी १० ठाउँलाई नयाँ सहर बनाउने घोषणा गरेअनुरूप काम भइरहेको हो ।

खुर्कोटमा एकीकृत सरकारी भवनको अवधारणाअनुसार नयाँ सहर आयोजनाको भवन निर्माण हुनेछ भने अँधेरी खोलाको घुर्मी चोकमाथि भव्य पार्क निर्माण सम्पन्न हुनेछ । पार्कको काम ८० प्रतिशत पूरा भइसकेको छ । आयोजनाले उक्त क्षेत्रमा रहेका सरकारी जग्गा छुट्याई संरक्षण पनि गर्दैछ । डीपीआरबमोजिमको साझा टोल, कार्की टोल, कुशगाउँ, अर्चले, माथिल्लो बेसी र चैनपुर जाने सडक निर्माण कार्य पनि आयोजनाले यसै वर्ष पूरा गर्नेछ ।

काठमाडौंको कोटेश्वरबाछ खुर्कोट एक सय पाँच किलोमिटर दूरीमा छ । सुनकोसी नदीकिनारमा अवस्थित खुर्कोटमा सहरी सौन्दर्य वृद्धि गर्दै बसपार्क, सामुदायिक भवन, खानेपानी, हाटबजारलगायतको निर्माण कार्यको तयारी भइरहेको आयोजनाले जनाएको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता शिवहरि शर्माले नमुना सहरका रूपमा विकास गरी सेटेलाइट सिटी बनाउने तयारी भएको जानकारी दिए । उनले भने, ‘१० वटा नयाँ सहरका लागि सरकारले चालू आर्थिक वर्षमा एक अर्ब ७१ करोड बजेट छुट्याएको छ ।’

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.