पहिरोले गुल्मीमा पाँचको मृत्यु
गुल्मीः अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ । गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासि एकै परिवारका ६२ वर्षीय कालीका दर्जी, ४९ वर्षीय तुलसी दर्जी र १९ वर्षीय अस्मिता दर्जीको पहिरोमा पुरिएर ज्यान गएको हो ।
त्यसैगरी बिसुखर्क गाविस ९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीय छोरी सिमाना रानाको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि उपरिक्षक भोला रावलले जानकारी दिए ।
पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाईते बनेका छन् । अहिले पनि घरमाथिवाट पहिरो खसिरहेको कारण पहिरोमा पुरिएका विसुखर्कका राना परिवारको उद्धार गर्न समस्या परेको प्रहरिले वताएको छ ।
त्यसैगरी बढीघाट खोलामा आएको बाढीले मुसिकोट र वामी जोड्ने सुदिको झोलुङ्गे पुल र ग्वालीचौर र पौदी जोड्ने झोलुङ्गे पुल समेत बगाएको छ । वाढीका कारण वाग्लुङ्गको खर्वाङ्ग वजार, गुल्मीको भुवाचिदि, उर्लीखोला, मजुवा, साहाघाट,चोरकाटे, रुद्रवेणी लगाततका वजार क्षेत्रसमेत खतरामा परेका छन् । वजार क्षेत्रका मानिसहरु त्रासका कारण घरका सामानहरु सुरक्षीत स्थानमा सार्न थालेका छन् ।
वाढीलले बम्घामा एक हल गोरु र एउटा गाई समेत बगाएको छ । गत ५५ बर्षपछि गुल्मीमा यति ठूलो बाढी आएको स्थानीयहरुले बताएका छन् । वाढीले हजारौ रोपनि फाँटहरु समेत डुवानमा पारेको छ । बाढी र पहिरोका कारण गुल्मीमा एक दर्जन भन्दा बढी घर गोठमा समेत क्षती पुगेको बताईएको छ ।