डुवानमा परेको भन्दै आन्दोलन !

डुवानमा परेको भन्दै आन्दोलन !

विराटनगरः लागातारको वर्षाका कारण भएको डुवानबाट पीडित बन्नु परेको भन्दै विराटनगर ४ कन्चनबारीका बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

सडक अवरुद्ध बनाउँदै मंगलबार बिहानबाट आक्रोसित बनेर आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले कोसी राजमार्गको विराटनगर–इटहरी सडक खण्डमा दुई घण्टा चक्का जाम गरे ।

पानी परिरहेका बेला हातहातमा कुटो र कोदालो लिएर छाता ओढ्दै आन्दोलन सुरु गरिएपछि विहान ८ देखि १० बजे सम्म सवारी आवगाम पूर्ण रुपमा प्रभावित बन्यो ।

तत्काल ढल तथा नाला निर्माणको काम गरेर डुवानको निकास दिनु पर्ने माग राख्दै आन्दोलन गर्नु परेको स्थानीय केशव आचार्यले बताए । उनका अनुसार विराटनगर उपमहानगरपालिकाको लापरवाहीका कारण स्थानीय बासिन्दा वर्षासंगै डुवानको पीडा खेप्न बाध्य छन् ।

उपहानगरले समयमा सडक तथा ढल र नाला निर्माणको काम सम्पन्न नगर्दा सर्वसाधारणले सास्ती बेहोर्नु परेको आचार्यको भनाइ छ । ‘चारैतिरबाट ताल जस्तै भएर पानी जमेको छ । कतै पनि निकास छैन,' उनले भने, ‘घरहरुको आधा जसो भाग डुवाईसकेको छ । आवत जावत गर्न सक्ने अवस्था नै छैन ।'

एक सातादेखि भइरहेको लगातारको वर्षाका कारण विराटनगरका सबै २२ वटै वडा डुवानमा परेका छन् । सबै ठाउँ जलमग्न भएका छन् ।

हातहातमा कुटो र कोदालो बोकेर स्थानीय बासिन्दा आन्दोलतमा उत्रिएपछि अवस्था केही बेर तनावग्रस्त बनेको थियो । स्थितीलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी तोयम रायाको नेत्रृत्वमा सरकारी अधिकारीको टोली कन्चनबारी पुगेको थियो । प्रजिअ रायाको आदेशमा विराटनगर उपमहानगरपालिकाले स्काईभेटर प्रयोग गरेर जाम भएको पानीलाई निकास दिने काम सुरु गरेपछि स्थानीय बासिन्दाले आन्दोलन तत्कालका लागि फिर्ता लिएका छन् ।

प्रजिअ रायाले डुवान प्रभावित क्षेत्रको चारै तिरबाट जाम भएको पानीलाई निकास दिने काम भइरहेको बताए । ‘घरका पेटी सम्म पानी पुगेको छ,' उनले भने, ‘कतिपयका घर भित्रै पानी पसिसकेको छ ।' उनका अनुसार डुवानको समस्या समाधानका लागि तत्काल काम थाल्न सम्बन्धी निकायलाई आदेश दिइसकिएको छ ।

ढल तथा नाला निर्माणले गति लिन नसक्दा घरहरु डुवानमा पर्न थालेको निस्कर्ष निकालिएको जानकारी रायाले दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.