स्याङ्जामा नदी किनारका बस्ती जोखिममा, कयौँ घर डुबानमा

स्याङ्जामा नदी किनारका बस्ती जोखिममा, कयौँ घर डुबानमा

स्याङ्जाः गएरातीको अविरल बर्षाका कारण आँधीखोला र कालीगण्डकी नदी किरानाका बस्तीमा बाढी पसेको छ । सोमबार रातीदेखि अनियन्त्रित भएको बाढील बस्ती तथा खेतमा व्यापक क्षति पुर्याएको छ ।

नदीकिनारमा रहेको धानखेतमा बाढी पसेर खोला बगेको छ । सयौं हेक्टर धानखेतलाई नराम्ररी असर पारेको छ । अविरल बर्षाका कारण केही ठाउँमा पहिरो गएपनि मानवीय क्षती भने नभएको प्रहरी उपरीक्षक देवबहादुर वोगटीले जानकारी दिए ।  

पुतलीबजार नगरपालिका १ र्चौकीमा भाडामा जग्गा लिएर सामान्य पसल संचालन गर्दै आएकी चन्द्रकला थापाको घर भत्किएको छ । सदरमुकाम स्थित आँधीखोला किनारमा रहेको बंगुर फर्ममा पनि बाढीले पुरेपछि त्यहा रहेका ४५ वटा बंगुर स्थानीयबासी र प्रहरीको सहयोगमा सुरक्षित स्थानमा राखिएको छ।

पिडीखोला गाविस ८ का सेतीवेणीका १० घरभित्रै पानी पसेर जलमग्न भएको छ । गएराती २ बजेदेखि नै सेतीवेणीबासीका १० घरपरिवारका सदस्य आफनो घर छाडेर अन्यत्र बसेका छन् ।  घरभित्र पानी पसेपछि स्थानीयबासी भागाभाग गरेका थिए ।

यसैगरी, श्रीकृष्णगण्डकी ८ आधीमुहानमा रहेका १२ घर उच्च जोखिममा छन् । रातभर जाग्राम बसेको स्थानीयबासीको भनाइ छ । आधीमुहान छेउबाट माटो खस्ने क्रम जारी रहेको र सोही नजिकै रहेको पुलको एकतर्फीको भाग पनि जोखिमपूर्ण अवस्थामा रहेको स्थानीयबासी रत्न केसीले जानकारी दिए । उनका अनुसार पुलको जगबाट माटो खस्दै गएको छ । पानीको बहाव उच्च भएपछि कालीगण्डकी ड्यामको प्रवेशद्वार पनि खोलिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.