प्यूठानमा आएको बाढीपहिरोले सातको ज्यान गयो
प्युठानः बाढीले प्युठानमा घर भत्कदा तीन जनाको मृत्यु भएको छ भने चार जनाको शब नदीमा फेला परेको छ ।
प्युठानको लुङ गाविसमा बढीले घर भत्काउदाँ शोभा रिजाल, काले परियार र किरण थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
झिम्र्कुक र जुर्मी नदीमा बाढीले चार जनाको शब बगाएको प्रहरीले जनाएको छ । बागदुला पक्की पुलनजिक १२ वर्षीय बालिका, कार्की डाडाँ पक्की पुल मुनी महिला पुरुष नचिनिने एक जनाको शब बगाएको छ ।
त्यस्तै खैरा झोलंगे पुलनजिक एक जना र खैराकै बुटवल पावर डयाम छेउमा एक जनाको शब फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढीका कारण स्याउली बाङका १८ घर र अर्खाका ३० घर जोखिममा रहेका छन् ।
बाढीका कारण मानवीय क्षती बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ ।
बाढीका थप तस्बिर हेर्नुहोस्