पद्म श्री साहित्य पुरस्कारका लागि ५ कृति मनोनयनमा

  पद्म श्री साहित्य पुरस्कारका लागि ५ कृति मनोनयनमा

काठमाडौं : पद्म श्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ कृति मनोनयनमा परेका छन्। पद्म श्री साहित्य पुरस्कार समितिले मनोनयनमा परेका पाँच कृति मंगलबार सार्बजनिक गरेको हो।

मनोनयनमा परेका कृतिहरूमा रामलाल जोशीको कथासंग्रह ऐना, नीलम कार्की निहारिकाको उपन्यास चीरहरण, कुमार नगरकोटीको उपन्यास मिस्टिका, गिरीश गिरीको गैर आख्यान वीरगञ्ज, भूपिनको कवितासङ्ग्रह सुप्लाको हवाइजहाज रहेका छन्। यी पाँच कृतिमध्येबाट उत्कृष्ट ठहरिने एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार २०७२ प्रदान गरिने छ।

खेमलाल -हरिकला लामिछाने प्रतिष्ठान, चितवनका अध्यक्ष जीवा लामिछाने ५ कृति मनोनयनमा परेको पत्र मंगलबार सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेका हुन्। यी मध्ये 'ऐना' र 'चीरहरण' मदन पुरस्कारको सर्टलिस्टमा पनि परेका छन् |


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.