नेमार भन्छन्-ब्यक्तिगत जीवनलाई होइन खेलमा ध्यानदिनुस्

नेमार भन्छन्-ब्यक्तिगत जीवनलाई होइन खेलमा ध्यानदिनुस्

रियो: ब्राजिलियन सुपरस्टार नेमारलाई उनको क्लब बार्सिलोनाले गत महिना अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबल खेल्नबाट प्रतिबन्ध लगाएको थियो । तर उनी आफ्नो टोलीको समर्थन गर्न क्यालिफोर्नीया पुगे । उनको टोली ब्राजिल पेरुसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिँदा उनी आफ्नी नयाँ प्रेमिकासँग प्यारापिटबाट खेल हेरिरहेका थिए ।

उनले अमेरिका बसाईका क्रममा आफ्ना नजिकका साथीहरु पप स्टार जस्टिन बाइबर, फर्मुला वान ड्राइभर लेविस ह्यामिल्टन र डिजे काल्भिन ह्यारीससँग राति अमेरिकाका बिभिन्न क्लब र बार पनि धाउन भ्याए ।

उनी अहिले आफ्नै देशमा अर्को साताबाट सुरु हुने ओलम्पिक खेलकुदका लागि तयारीमा जुटेका छन् । राष्ट्रिय टोलीमा नह्ँदा बिभिन्न क्लब र बारमा पार्टी गर्ने तथा नयाँनयाँ महिला साथी बनाउन रुचाउने नेमारले रियो ओलम्पिकका अवसरमा समेत आफ्नो त्यो ब्यवहारमा परिवर्तन नआउने बताएका छन् ।

उनले त्यसले आफ्नो खेलमा कुनै असर नपार्ने दाबी गरेका छन् । उनले सञ्चार माध्यमलाई मैदान बाहिरभन्दा पनि आफुले मैदानभित्र गरेको गतिविधिमा केन्द्रित हुन अनुरोध गरेका छन् ।

 

‘मैदान बाहिर रहँदा मैले गर्ने सबै क्रियाकलाप मेरा ब्यक्तिगत हुन् । मेरो परिवार छ, साथीभाई छन् । त्यसैले मलाई उनीहरुसँग रमाइलो गर्न मन लाग्छ । उनीहरुसँग क्लब र बार जान पनि मन लाग्छ', नेमारले भनेका छन्, ‘तर म मैदानभित्र आफ्नो जिम्मेवारीप्रति पुर्ण रुपमा सचेत छु । त्यसैले तपाइँहरु (सञ्चारकर्मी) लाई पनि म मेरो ब्यक्तिगत जीवनभन्दा मैले मैदानभित्र गर्ने गतिविधिमा मात्र केन्द्रित हुन आग्रह गर्दछु ।'

नेमारले आफ्नो उमेर र हैसियतले पनि क्लब जान प्रेरित गर्ने गरेको बताएका छन् । ‘कल्पना गर्नुहोस, यदी तपाइँहरु मजस्तै २४ बर्षको हुनुहुन्छ र मैले जत्तिकै कमाई गर्नुहुन्छ भने के तपाई मजस्तै क्लब र बार धाउन रुचाउन हुन्न र ? ', नेमार भन्छन् । ओलम्पिक खेलकुदमा यू–२३ खेलाडीले प्रतिस्पर्धा गर्ने नियम छ ।

यद्यपि नेमार कुनै पनि टोलीले २३ बर्षभन्दा बढि उमेरका तीनजना खेलाडीलाई समाबेश गर्न पाउने नियमअनुसार ओलम्पिक टोलीमा समाबेश भएका हुन् ।

नेमारले बाज्रिलबाट यसअघि सन् २०१२ मा लन्डनमा भएको ओलम्पिकमा समेत प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला ब्राजिल ओलम्पिक फुटबलको फाइनलमा मेक्सिकोसँग पराजित भएको थियो । आफ्नो नेतृत्वमा ब्राजिललाई अहिलेसम्म उपाधि दिलाउन नसकेका नेमारले यसपटक भने उपाधि दिलाएर छाड्ने दाबीसमेत गरेका छन् ।

‘यसपटक उपाधि जित्नेमा म ढुक्क छु । हाम्रो टोली पनि बलियो छ त्यसमाथि हामी घरमै खेल्दै छौं', उनले भनेका छन्, ‘यसपटक फुटबलको स्वर्ण पदक हामी घरमै राख्नेछौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.