विश्व तेक्वान्दोमा नेपालका चार खेलाडी 

विश्व तेक्वान्दोमा नेपालका चार खेलाडी 

लन्डन: बेलायतको ब्रिघट्नमा जारी १८औं सिनियर तथा १३औं जुनियर आईटीएफ विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चारजना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट सहभागी खेलाडीमा सस्मन बस्नेत, घनश्याम आचार्य खत्री, रघुनाथ बस्नेत र लक्ष्मण बस्नेत छन् । विद्या विकास बोर्डिङ स्कुल भक्तपुरमा कक्षा १० मा अध्ययनरत सस्मनले नेपालमा भएको दोस्रो सगरमाथा खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।

यसैगरी घनश्यामसँग पनि सन् २०१० मा बेलायतमा भएको तेक्वान्दो विश्व च्याम्पियनसिपमा सहभागिता जनाएको अनुभव छ । उनले ब्रिटिस ओपन च्याम्पियनसिपमा पनि कांस्य पदक हात पारिसकेका छन् । रघुनाथले भने पहिलोपटक विश्वस्तरको प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।

यसैगरी लक्ष्मणले पनि नेपाललाई आईटीएफ तेक्वान्दोमा अन्तर्राष्ट्रिय पदक दिलाइसकेका छन् । उनले सन् २००४ मा मलेसियामा आयोजना भएको मलेसिया ओपनमा कांस्य पदक जितेका थिए ।

च्याम्पियनसिपमा सस्मनले १४ देखि १५ वर्ष उमेर समूहमा ६४ केजी तौलतर्फ प्रतिस्पर्धा गर्नेछन् । कलर बेल्ट प्याट्रनतर्फ प्रतिस्पर्धा गर्न लागेका घनश्यामले सिनियर ५४ केजी तौल समूहमा र रघुनाथले सिनियरतर्फको ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

लक्ष्मणले भने भेट्रानतर्फ ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । लक्ष्मणले यो च्याम्पियनसिपमा रेफ्रीको भूमिकासमेत निर्वाह गर्नेछन् । नेपाली खेलाडी अहिले प्रतियोगिताका लागि अन्तिम तयारीमा व्यस्त छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.