मोटा खेलाडीलाई पिजा खान प्रतिबन्ध !

मोटा खेलाडीलाई पिजा खान प्रतिबन्ध !

लन्डन: इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडीको शारीरिक तन्दुरुस्तीका लागि कडा नीति अपनाउने संकेत गरेका छन् । म्यान सिटीको जिम्मेवारी सम्हालेको तीन सातापछि नै प्रशिक्षक ग्वार्डिओलाले टोलीमा छुट्टै ‘फ्याट क्याम्प' स्थापना गरेका छन् ।

उनले टोलीका मोटा खेलाडीलाई ‘फ्याट क्याम्प'मा समावेश गर्ने र उनीहरूलाई पहिलो रोजाइको टोलीसँग नियमित अभ्यास नगराउने घोषिणा गरेका छन् ।

प्रशिक्षक ग्वार्डिओलाको पछिल्लो घोषणाले युरो कपपछिको छुट्टीमा बसेका खेलाडीलाई मार पर्न सक्नेछ । म्यान सिटी गत सातामात्रै भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–० गोलले पराजित भएको थियो । उक्त खेलमा म्यान सिटीका खेलाडी शारीरिक रूपमा बायर्नका खेलाडीभन्दा कमजोर देखिएका थिए । त्यसैले पनि प्रशिक्षक ग्वार्डिओलाले आफ्ना खेलाडीको शारीरिक ‘फिटनेस'मा बढी जोड दिएका हुन् ।

ग्वार्डिओलाले आफ्नो पछिल्लो निर्णयबारे खेलाडीलाई जानकारी गराइसकेकोसमेत बताएका छन् । ‘कुनै खेलाडीको तौल बढी छ भने त्यो खेलाडीले टोलीसँग अभ्यास गर्नेछैन', ग्वार्डिओले भनेका छन्, ‘टोलीसँग अभ्यास नगर्ने त्यस्ता खेलाडीको पनि हामीले पहिचान गरिसकेका छौं ।' प्रशिक्षक ग्वार्डिओलाले खेलाडीको तौल सन्तुलित राख्न मोटा खेलाडीले पिजा खान नपाउने गरी प्रतिबन्ध लगाइदिएका छन् ।

‘खेलाडीको तौल नियन्त्रणमा राख्न निर्धारितभन्दा बढी तौल भएका खेलाडीले पिजा खान नपाउने गरी प्रतिबन्ध लगाइएको छ', उनले भने । ग्वार्डिओलाले कुनै पनि खेलाडीले आफ्नो पछिल्लो नीतिबाट उन्मुक्ति नपाउने पनि बताए । ‘तपाईं क्षमतावान् खेलाडी हुनुहुन्छ तर तौल ६० केजी वा ७० केजी छ भने तपाईंले मैदानमा राम्रो प्रदर्शन दिन सक्नुहुन्न', प्रशिक्षक ग्वार्डिओला भन्छन्, ‘त्यसैले पनि खेलाडीले आफ्नो तौल र फिटनेस कायम राख्न सक्नुपर्छ ।'

म्यान सिटीका भरपर्दा खेलाडी गेइल क्लिचीले पनि प्रशिक्षक ग्वार्डिओलाले फिटनेसबारे कडा निर्देशन दिएको स्वीकारेका छन् । ‘प्रशिक्षकले केही जुस र पिजासमेत खान प्रतिबन्ध लगाएका छन् । यसैगरी अनावश्यक खानपिनमा पनि प्रतिबन्ध लगाइएको छ', ३१ वर्षीय डिफेन्डर क्लिचीले भने ।

म्यान सिटीका खेलाडी अहिले नयाँ सिजनको तयारीका लागि चीनको सेन्जेन सहरमा छन् । प्रशिक्षक ग्वार्डिओलाले खेलाडीलाई गर्मी मौसममा अभ्यास गराउन सेन्जेन पुर्‌याइएको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.