गोरखामा पुनसंरचना सुरु

गोरखामा पुनसंरचना सुरु

गोरखाः प्रदेश संरचना अनुसार गोरखाको पुनसंरचना प्रक्रिया सुरु भएको छ । नेपालको नयाँ संबिधानमा उल्लेख भएको संघीयताको खाका अनुसार स्थानीयस्तरमा सरकारी सेवा, प्रवाह पुर्‍याउनका लागि जिल्लाका ६० गाबिसहरु गाभेर बढिमा छ वटा गाउँपालिका र दुई नगरपालिका बनाउने प्रक्रिया सुरु गरिएको हो ।

जिल्लाको पुनसंरचनाका लागि गाउँपालिका निर्माणका लागि पोखरामा प्रदेशस्तरमा दुई पटक बैठक भइसकेको छ । बैठकले जिल्लाको पुनसंरचना गर्न समिति पनि निर्माण गरेको छ । अध्ययन गरी प्रतिवेदन तयार गर्न स्थानीय बिकास अधिकारी नारायण आचार्यको संयोजकत्वमा जिल्ला प्राबिधिक सहयोग समिति गठन गरिएको हो । समितिमा योजना अधिकृत सदस्य सचिव छन् । मालपोत कार्यालय, जिल्ला तथ्याङ्क कार्यालय, जिल्ला बन कार्यालयलगायत सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु समितिमा छन् ।

हाल रहेका गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा आसपासका गाबिसहरु समायोजन गर्न सकिने नियम रहेको छ भने दुई भन्दा बढी गाबिसहरु समायोजन गरेर गाउँपालिका निर्माण गर्न सकिने समितिका संयोजक आचार्यले जानकारी दिए ।

‘पहाडी भेगमा एउटा गाउँपालिका निर्माण हुन कम्तिमा १५ हजार जनसंख्या हुनुपर्छ । स्नातक तहसम्म पढाइ हुने क्याम्पस, प्राथमिक स्वास्थ्य केन्द्रलगायत पूर्वाधार हुनुपर्छ' उनले भने । गाउँपालिकाको केन्द्र पुग्नका लागि सेवाग्राहीले तीन घण्टाभन्दा बढी पैदल हिड्नुपर्ने अवस्था नरहने उनको भनाइ छ । हिमाली भेगका लागि भने सात हजार पाँच सय जनसंख्या, एक उच्च माबि, स्वास्थ्य केन्द्र र ६ घण्टा पैदल हिडेर पुग्ने ठाउँमा गाउँपालिकाको केन्द्र रहनुपर्ने नियम रहेको छ ।

गाउँपालिका निर्माणका लागि बृहत छलफल (गोष्ठी) को आयोजना गरिएको बताउँदै आचार्यले आउँदो साउन मसान्त भित्रमा आठ गाउँ पालिका र दुई नगरपालिकाको प्रतिबेदन केन्द्रमा पठाइसक्नुपर्ने जानकारी दिए । ‘प्रस्तावित आठ केन्द्रहरुमा पुगेर स्थानीयबासी, राजनीतिक दल, बुद्धिजीबि, समाजसेवी, नागरिक समाजसंग बृहत छलफल गछौं' उनले भने, ‘यही साउन मसान्तभित्रमा गाउँपालिका र नगरपालिकामा थप हुने गाबिसहरुको सहमतिको प्रतिबेदन वा फरक मतको प्रतिबेदन सुझावसहित स्थानीय तह पुर्नसंरचना आयोगमा पठाउँछौं ।' गाउँपालिका निर्माण गर्दा अहिले गाबिसमा रहेका वडा टुक्राउन नपाइने नियम छ ।

‘गोरखा जिल्लामा दुई नगरपालिकासहित आठ ओटा गाउँपालिका नबढ्ने गरी स्थानीय निकायको संरचना निर्माण गर्नु भन्ने निर्देशन छ’ आचार्यले भन्नुभयो, ‘प्रस्तावित गाउँपालिकाको केन्द्र र प्रस्तावित नामहरु तोक्ने प्रयासमा हामी छौं ।' गाउँपालिका निर्माणका लागि ६० पटकसम्म बैठक बस्न सकिने र आवश्यकता अनुसार बिज्ञहरुको सहयोग लिन सकिने आचार्यले जानकारी दिए ।

उनले भने, ‘गाउँपालिका र नपाको चार किल्ला, बिकासका पूर्वाधार, प्राकृतिक स्रोतहरुबारेको बिस्तृत अध्ययन गर्नुपर्ने हुन्छ । यस्तै गाउँपालिकाको अक्षांश, देशान्तर, सीमालगायत बिभिन्न पक्षको अध्ययन गर्नुपर्छ ।' गाउँपालिका वा नपामा कुन जातिका समुदायको बाहुल्यता रहेको छ भन्नेबारे पनि खुलाउनुपर्ने आचार्यले बताउनुभयो । बि.सं. २०६८ सालको जनसंख्यालाई आधार मानेर अध्ययन गर्न सकिने उनको भनाइ छ ।

‘नगरपालिका वा गाउँपालिका कुनै समुदायको बाहुल्यता छ वा छैन भन्ने निर्धारण एउटै समुदायका मानिसको जनसंख्या ६० प्रतिशत पुग्यो भने सो समुदाय बाहुल्य रहेको मानिन्छ’ उनले भने । वडाहरु टुक्राएर एक, अर्को गाउँपालिका वा नगरपालिकामा मिसाउन नपाइने भन्दै उनले सिंगै गाबिसहरु मिलाएर गाउँपालिका निर्माण गर्नुपर्नेमा जोड दिए । उत्तरी भेगका सात गाबिसको जनसंख्या र पूर्वाधार हेर्दा गाउँपालिका निर्माणमा आवश्यक मापदण्ड भन्दा कम हुने देखिएकाले गाउँपालिका गठनमा समस्या हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.