केपी ओलीलाई सातदिन भित्र बालुवाटार छोड्न सिस्नुपानीको अल्टिमेटम !

केपी ओलीलाई सातदिन भित्र बालुवाटार छोड्न सिस्नुपानीको अल्टिमेटम !

काठमाडौं : हास्यब्यंग्यमार्फत महत्वपूर्ण राजनीतिक तथा सामाजिक सन्देश प्रवाह गर्दै आएको सिस्नुपानी नेपालले कामचलाऊ प्रधानमन्त्री केपी ओलीलाई सातदिन भित्र बालुवाटार छोड्न अल्टिमेटम दिएको छ ।

बिहीबार अपरान्ह बालुवाटार पुगेको सिस्नुपानी नेपालको टोली र ओलीबीच हास्यब्यंग्यात्मक शैलीमा रमाइलो सम्वाद भएको थियो। प्रधानमन्त्री हुनासाथ सिंहदरबार र बालुवाटार धाउने परम्परालाई तोड्दै सिस्नुपानीको यो टोली प्रधानमन्त्रीको पद खुस्कने पक्का भएपछि मात्रै बालुवाटार पसेको सिस्नुपानीका सदस्य मनोज गजुरेलले गजुरियल डटकममा उल्लेख गरेका छन्।

‘तपाईं राष्ट्रबादी प्रधानमन्त्री त पर्नु भो, तर सपना बाँड्नु बाहेक के गर्नु भो ?’ सिस्नुपानीका राजनीतिक कमिसार क. अर्जुन पराजुली खनिए। कवि पराजुलीकै शैलीमा प्रधानमन्त्री बोले,

‘मैले त सपना बाँडे पो, यहाँ त सपना बेच्ने गरिन्छ,
सपना देख्ने देखाउने गर्नुपर्छ, नत्र यहाँ ज्युँदै मरिन्छ ।’

सिस्नुपानीका बृगेड कमान्डर टंकराज आचार्य खनिए,

‘जाबो राष्ट्रियता नबेच्ने, बद्नामी नकमाउने, नझुकाउने टाउको,

धन्नै जन्मिएको रहेछौ छोरो,

केपी ओलीका बाउको !’
जवाफमा प्रधानमन्त्री बोले, ‘देशले रगत मागे मलाई बली चढाउनु, रूँदिनन् मेरी आमा हुन् कुमाईकी छोरी !’

सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले अल्टिमेटम प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्रीलाई बुझाएको अल्टिमेटम पत्रमा भनिएको छ, ‘बिदेशी प्रभुका अगाडी लम्पसारपनि नपर्ने, स्वदेशी प्रभुलाई ज्यु हजुरीपनि नगर्ने, मित्ररष्ट्रको एउटा मागपनि पूरा नगर्ने, भित्ररास्ट्रको बाहेक कुरै नगर्ने, ठाड्ठाडै बोल्ने, मनको कुरो सप्पै खोल्ने, कुर्सी जाँदापनि मुसुक्क हाँस्ने, धम्की खाँदापनी निर्धक्क बाँच्ने, ‘बालुवाटार’मा बसेरपनि ‘पालुवा बहार’को सपना बाँड्ने तपाईं केपि शर्मा ओलीलाई प्रधानमन्त्री क्वाटर छोड्न सातदिनको अल्टिमेटम दिइन्छ ।’ जवाफमा प्रधानमन्त्री ओली मुस्कुराएका थिए ।

बालुवटारबाट निस्केपछि सिस्नुपानी प्रवक्ता गनोज मजुरेलले भने, ‘हामीहरु ओली पुराण सुन्न र गजुरियल विश्लेषण सुनाउन आएको नभएर ‘बालकोट फर्कँदा प्रधानमन्त्री कार्यलय वा निवासका कुनै पनी सरकारी सामान नीजि बनाएर नल्याउनु भन्ने शन्देश दिन आएका थियौं !’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.