अन्तिमपटक पोइ माग्दैछिन् कोमल ओली (भिडियोसहित)

अन्तिमपटक पोइ माग्दैछिन् कोमल ओली (भिडियोसहित)

गीत संगीतमा होस् या फेसनमा गायिका कोमल ओलीको आफ्नै स्टाइल छ । जुन कसैसँग म्याच गर्दैन । त्यसैले त उमेर ढल्किँदै जाँदा पनि उनको चर्चा कम भएको छैन । प्रायः कार्यक्रमहरूमा भेटिँदा कोमल अरूभन्दा फरक पोसाकमा देखिन्छिन् । कोमल फेसनमा जति पनि पोसाक देखिन्छन् ती सबै उनको आफ्नै डिजाइन हुन् ।

‘सिम्पल', ‘बोल्ड' र ‘ब्युटिफुल' देखिन मन पराउने कोमल आफ्नो पोसाकको डिजाइन आफैं गर्छिन् । कटिङ गर्न नजाने पनि कलर कम्बिनेसनमा उनलाई राम्रो ज्ञान छ । त्यसैले डिजाइनरकहाँ गएर आफ्नो निर्देशनअनुसार पोसाक बनाउँछिन् । तीज नजिकिँदै गर्दा कोमलको चर्चा पनि बढिरहेको छ ।

उनको नयाँ आएको तीज गीत ‘पोइ चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटि हो'ले बजार पिटिरहेको छ । कोमलको गीतबिनाको तीज खल्लो हुन थालिसकेको छ । गीतमात्र नभई उनको फेसन शैलीले पनि तीजमा राम्रै चर्चा पाउने गर्छ । विदेशमा कार्यक्रमका लागि जानुपर्ने भएकाले उनलाई यति बेला नयाँनयाँ पहिरन बनाउने चटारो छ ।

भिडियो हेर्नुहोस्

 

यसपटकको तीजमा उनी बीचमा चिरिएको लामो रातो गाउन र प्यान्टमा देखिनेछिन् । तलको भाग पारदर्शी हुने गाउनमा पैताला नछोपिने गरी अलि छोटो प्यान्ट लगाउँदैछिन् । ‘यसपटक साडीभित्र पाइन्ट लगाउने विचार गरिराछु ।' उनले भनिन्, ‘सबै कार्यक्रममा एउटै लुगा लगाउन मिल्दैन, त्यसैले फरकफरक लुगा तयार गर्दैछु ।'

प्रायः पोसाकमा ढाकाको कपडा प्रयोग गर्न रुचाउने कोमलले यसपालि भने सिफन सारीमा फूलकडी प्रयोग गरेकी छन् । सारीमा ब्लाउजको फलमा ब्लाउजको कपडा प्रयोग गरेकी छन् ।

कार्यक्रममा प्रस्तुत हुँदा पूरा बाहुला भएको, लामो पोसाक लगाउन मन पराउँछिन् । यस्तो पोसाकले अग्लो र स्लिमसँगै आकर्षक देखाउँछ । उनको पोसाकलाई ‘अहा कति राम्रो' भन्नेमात्र होइन, त्यस्तै पोसाक बनाएर लगाउनेहरू पनि थुप्रै छन् । पोसाकसँगै उनको गहना पनि झट्टै याद भइहाल्छ ।

उनी भन्छिन्, ‘बाहिर गएको बेला मैले किन्ने भनेकै ज्वेलरी हो ।' आफूलाई मन परेका थरीथरी रङका गहना किनेर ल्याउँछिन् । तर, गहना किन्दा कहिल्यै कुनै पोसाकसँग सुहाउँछ भन्ने याद गरेर किन्दिनन् । घरमा ल्याएपछि मात्र कुन गहना कुन पोसाकमा मिल्छ भन्ने थाहा हुन्छ । शृंगार गर्न पनि उत्तिकै रुचाउने कोमल फाउन्डेसन, ब्लस, गाजल, आइस्याडो, मस्कारा, कहिलेकाहीँ कन्सिलर र लिपस्टिक प्रयोग गर्छिन् ।

जुत्ताचाहिँ सजिलोको हिसाबले प्रयोग गर्छिन् । पहिरनसँग मिलाउन खोज्यो भने हिँडडुल गर्न सजिलो नहुने उनको धारणा छ । कार्यक्रममा जाँदा गीत गाउँदै नाच्नु पनि पर्छ । लडिने, जुत्ता फुस्किने समस्या नहोस् भनेर सजिलो र अलि टाइट जुत्ता लगाउने गर्छिन् । प्रायः तीजका पहिरनमा भेल्भेटको जुत्ता लगाउन मन पराउँछिन् । आकर्षक देखियोस् भनेर रातो सारी लगाउँदा हरियो र हरियो सारी लगाउँदा रातो जुत्ता लगाउँछिन् ।

सेलिब्रेटी बन्नुअघि नै उनको रोजाइ केही फरक नै हुन्थ्यो रे । सानैमा घरमा सुचीकार आएर लुगा सिलाइदिँदा पनि बुवाआमाले केही फरक झुम्काहरू भरिएको फ्रक सिलाउन लागाइदिन्थे । काठमाडौं आएपछि पहिलोपटक नमुना टेलरमा ज्ञानुशोभा तुलाधरले उनका लागि पोसाक बनाइदिएकी थिइन् ।

जापानमा वक्तृत्वकला प्रतियोगितामा जानका लागि बनाइएको त्यो पोसाक धेरैले मन पराएको उनी सम्झन्छिन् । नोबल कलेक्सन, उत्तम्स् क्रिएसन, सागर क्रिएसन, उषा, आकृति फेसन हाउसलगायतका थुप्रै नाम चलेका बुटिकमा उनको पोसाक तयार हुन्छ । कहिलेकाहीँ विन्डो सपिङ पनि गर्न रुचाउने कोमल योजना बनाएर पोसाक खरिद गर्दिनन् । बाटोमा हिँड्दा देखिएका पोसाक मन पर्नासाथ गाडी रोकिहाल्छिन् र किनिहाल्छिन् ।

चाडपर्वका लागि चाहिँ डिजाइनर पोसाक बनाउँछिन् । तीन दर्जनजति डिजाइनर पोसाक संकलन गरेकी उनको लुगा पुरानो भयो भनेर फ्याँक्ने बानी छैन । कार्यक्रममा जाँदा धेरै पोसाक दोहोर्‌याउन मिल्दैन । तर, पहिले लगाइसकेका पोसाकलाई थोरै परिवर्तन गरेर नयाँ रूप दिई फेरि लगाउने गर्छिन् । उनको धेरै महँगो लुगा किन्ने बानी छैन ।

पत्रपत्रिका, वेबसाइटमा लुगाका डिजाइनहरू हेर्छिन् । मन परेका डिजाइन दुरुस्तै लगाउन रुचाउँदिनन् र त्यसमा आफ्ना केही सिर्जना थपेर नयाँ डिजाइन बनाई लगाउँछिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.