पाटनमा आरोमाको सोरुम
काठमाडौंः थाइल्यान्डको प्रसिद्ध फेसन ब्रान्ड अरोमाको दोस्रो सोरुम पाटनस्थित कृष्णमन्दिरसँगै रहेको महापालमा सञ्चालनमा आएको छ ।
विगत दुई वर्षदेखि राजधानीको उत्तरढोकामा सञ्चालित अरोमा फेसन एन्ड टेक्नोलोजीले नेपालभर बजार विस्तार गर्ने योजनाअनुरूप दोस्रो सोरुम विस्तार गरेको हो । सोरुमको उद्घाटन रोटरी इन्टरनेसनलका अध्यक्ष जया शाह, हिन्दू विद्यापीठका डा. चिन्तामणि योगी, समाजसेवी तथा धार्मिक माता सपना र कम्पनीका सञ्चालक अरुणराज भट्टराईले संयुक्त रूपमा गरेका छन् ।
अरोमा कम्पनीका सञ्चालक अरुणराज भट्टराईले थाइल्यान्डमा उत्पादित विश्वप्रसिद्ध फेसन ब्रान्ड आरोमाका सामग्रीलाई आम नेपालीको पहुँचमा पुर्याउने उद्देश्यले शाखा विस्तारलाई तीव्रता दिएको बताएका छन् ।
उक्त सोरुममा फेसनेबल लेडिज तथा जेन्स सामग्री बिक्रीवितरण गर्दै आएको अरोमाले निकट भविष्यमै अरोमाका कस्मेटिक, इलेक्ट्रिोनिक्स तथा अन्य खाले सामग्री भित्राउने जनाएको छ । नयाँ सोरुमबाट होलसेल, रिटेल र कस्टमाइजका सबै सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।