नेपालमा पाटे बाघको संख्या बढ्यो

नेपालमा पाटे बाघको संख्या बढ्यो

बर्दियाः पश्चिम नेपालमा बाघको चोरी शिकार बढ्दै गएपछि गरिएको बाघ अनुगमनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटे बाघको संख्या बढेको पाइएको छ । गत बर्ष माघ ३ देखि चैत्र १६ गतेसम्म निकुञ्जमा क्यामेरा ट्रापिङ्ग प्रविधिबाट गरिएको बाघ अनुगमनमा बाघको संख्या बढेको पाइएपछि नेपालमै बाघको संख्यामा वृद्धि भएको हो ।
    
सातौँ विश्व बाघ दिवसको अवसर पारेर बर्दियामा बाघको संख्या सार्वजनिक गरिएको छ । २०१६ को बाघ अनुगमनमा बयस्क ५० वटा भन्दा बढी, अर्धबयस्क ६ वटा र बच्चा २९ वटा गरी ८५ बटा बाघ क्यामेरामा कैद भएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको लागि आहारा, वासस्थान लगायत पानीको व्यवस्थापन प्रभावकारी भएपछि बाघको संख्या बढेको हो थापाले भने बर्दिया राष्ट्रिय निकुञ्ज भित्र २ सय ६४ वटा स्थानमा जडान गरिएको क्यामरा मध्ये १ सय २४ वटा क्यामेरामा बाघको फोटो कैद भएको छ ।

नेपालमा सन् २०१३ मा गरिएको बाघ सर्वेक्षण तथ्याङ्क अनुसार चितवनमा १ सय २०, बर्दियामा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सामा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा गरी नेपालमा १ सय ९८ वटा बाघ रहेकोमा हाल बर्दियामा ३५ वटा बृद्धि भएपछि अब नेपालमा पाटेबाघको संख्या बढेर २ सय ३३ वटा पुगेको कार्यक्रममा जनाइएको छ ।
    
पछिल्लो समय नेपालमा बाघको अंग प्रत्यंगको अवैध कारोबार गर्नेहरु भारतीय बञ्जारा (वावरिया) रहेको तथ्य सार्वजनिक भएको उनले बताए । भारतमा राजाको समयमा शाही शिकारमा सहयोग गर्ने बञ्जारा जाती वावरियाहरु बाघको ठूलो शत्रु रहेको पुष्टि भएको बताए ।  भारतमा प्रतिवर्ष ५० वटा बाघ चोरी शिकारीले मार्ने गरेको स्मरण गराउँदै थापाले यिनीहरुको नाइके रामजस वञ्जारा जसुलाई २०१५ मा नेपालबाट पक्राउ गरिएको बताए ।

उनीहरुले नेपाल भारत दुवै तर्फ गैरकानूनी रुपमा बाघको चोरी शिकार लगायत अवैध व्यापार गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पत्ता लगाएको अधिकृत थापाले जानकारी दिए ।

बञ्जाराहरु भारतको हरियाणा, पञ्जाव, पानीपथ, आन्ध्र प्रदेश लगायतका शहरमा बसोवास गर्छन् ।बञ्जाराले नेपालका सडक किनारामा पाल टाँगेर व्यापार गर्दै आएको प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले प्रष्ट्याए । थापाले भने, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रमुख पनि यहाँ हुनुहुन्छ बञ्जाराहरु नत नेपाली हुन् नत यिनीहरुको नागरिकता नै छ  । नेपालमा अवैध काम गर्छन् भने लखेटिदिनुस् । त्यस्ता अपराध गर्नेलाई नेपालमा किन बस्न दिने ?’   
   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.