यी हुन् वर्षका उत्कृष्ट १९ तस्बिर

यी हुन् वर्षका उत्कृष्ट १९ तस्बिर

काठमाडौँः  ‘नेपाल फोटो प्रतियोगिता –२०७३’ को उपाधि दीपकरत्न वज्राचार्यले जितेका छन् । उनले गत वर्ष वैशाख १२ गते भूकम्प जाँदै गर्दा खिंचेको तस्बिर यस वर्षको ‘फोटो अफ द इयर –०७३’ घोषित भएको हो ।

फोटो पत्रकार (पिजे) क्लबको आयोजनामा शुक्रबार भएको कार्यक्रममा नभेष चित्रकारको तस्बिरले ‘नेपाल स्माइल’ विधा जित्यो भने ‘डेली लाइफ’ विधामा नरेश श्रेष्ठले खिंचेको तस्बिर पहिलो भयो । त्यस्तै ‘न्युज’ विधाको उपाधि पनि चित्रकारले नै जिते भने ‘नेचर एन्ड वाइल्डलाइफ’मा रमेशकुमार पौडेलको तस्बिरले बाजी मार्यो ।

नेपाल फोटो प्रतियोगिता –२०७३’ को उत्कृष्ट उपाधि जित्न सफल दीपकरत्न वज्राचार्यको तस्बि

त्यसैगरी ‘घुमफिर –२०७३ कल्चर एन्ड टुरिज्म’मा दिनेश श्रेष्ठले उपाधि हात पार्दा ‘स्पोर्टस’ विधाको उपाधि सुरविन्दकुमार पुनले जिते । त्यसैगरी ‘फोटो स्टोरी’तर्फ नवीन बरालको तस्बिर विजयी भयो ।


डेली लाइफ बिधामा पहिलो भएको तस्बिर नरेश श्रेष्ठको हो ।

यो तस्बिर गोपेन रार्इले खिचेका हुन् । डेली लाइफ विधामा यो तस्वीर दोस्रो भएको छ । तस्बिरमा लोमानथाङमा दुर्इ बालबालिका डोर्याउँदै गरेको देख्न सकिन्छ ।

प्रताप थापाले खिचेको यो तस्बिर डेली लााइफ विधामा तेस्रो भएको छ । तस्बिरमा साँखुमा एक महिला नेपाली कागजको फ्रेम बोकेको देख्न सकिन्छ ।

संस्कृति र पर्यटन


संस्कृति र पर्यटन विधामा दिनेश श्रेष्ठको तस्बिर पहिलो भएको छ ।  यो तस्बिर बाला चतुर्दशीमा ललितपुरको ब्रज बराही मन्दिरमा खिचिएको हो ।

होलीमा विभिन्न समुदायका मानिस भेला भएर खेल्दै गरेको यो तस्बिर संस्कृति र पर्यटन विधामा दोस्रो भएको छ । यो सम्ब्रन्दा बज्राचार्यको तस्बीर हो।

तस्वीर कार्तिक नाचका क्रममा पाटन दरबार स्क्वायर क्षेत्रमा खिचिएको तस्बिर संस्कृति र पर्यटन विधामा तेस्रो भएको छ । यो आभाष कर्मचार्यको तस्बिर हो ।

प्रकृति र वाइल्ड लाइफ विधा

रमेशकुमार पौडेलको तस्वीर पहिलो भएको छ । तस्वीरमा चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगलमा देखिएका मयुर ।

विश्व ताम्रकारको यो तस्बिर प्रकृति र वाइल्ड लाइफ विधामा दोस्रो भएको छ ।

प्रकृति र वाइल्ड लाइफ विधामा तेस्रो तस्बिर विकास गड्गीको हो । लाटोकोसेरो जोडीको गुँडमा बसेको देख्न सकिन्छ ।

स्माइल


नभेश चित्रकारको तस्वीर स्माइल विधामा पहिलो भएको छ । स्कुलबाट फर्कँदै गएका एक बालकले काँधमा सानो बच्चा देख्न सकिन्छ ।

काठमाडौं फनपार्कमा रमाइरहेका एक बालिकाको यो तस्वीर रजेन्द्र केसीको हो । यो तस्बिर स्माइल विधामा दोस्रो भएको छ ।

स्माइल विधामा तेस्रो भएको रोपाइका क्रममा हिलोले लतपतिएका एक युवकको तस्वीर सुलश भक्त श्रेष्ठको हो ।

समाचार विधा


समाचार विधामा पहिलो भएको नभेश चित्रकारको तस्वीर । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्किएको भग्नावशेषले थिचिएको व्यक्ति ।

समाचार विधामा राजेश गुरुङले भूकम्पपछि ललितपुरको खकनामा खिचेको तस्बिर दोस्रो भएको छ ।

समाचार विधामा भूकम्पका बेला आफन्त गुमाएर भावविह्वल बनेकी महिलाको तस्बिर तेस्रो भएको छ । यो तस्बिर लक्ष्मीप्रसाद नाखुसीको हो ।

स्पोर्टस


स्पोर्टस विधामा सर्विन्द्रकुमार पुनको तस्बीर पहिलो भएको छ । तस्बिर रूकुमको तकसेरा गाविसको तक गाउँको एक परम्परागत घरको छतमा फुटबल खेल्दै गरेका बालकको हो ।


स्पोर्टस विधाको दोस्रो तस्बिर रोविक उपाध्यायको हो । तस्बिरमा चप्पल लगाएर फुटबल खेल्दै गरेका एक बालक देखिन्छन् ।

स्पोर्टस विधामा उमेर श्रेष्ठले खिचेको मुस्ताङमा साइकल गुडाइरहेका दुई युवा देखिने तस्बिर तेस्रो भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.