तत्कालका लागि भारतले बाँध निर्माणको काम रोक्यो

तत्कालका लागि भारतले बाँध निर्माणको काम रोक्यो

राजविराजः सप्तरीको तिलाठी र भारतको कुनौलीस्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयमा भइरहेको विवाद दुई पक्षबीचको छलफलपछि केही दिनका लागि समाधान भएको छ । दुवै पक्ष बाँध निर्माण कार्य तत्काल रोक्न सहमत भएका छन् ।

भारतको कुनौलीमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच शुक्रबार तीन बुँदे सहमतीपछि मौखिम सहमतिमा विवाद तत्कालका लागि समाधान भएको होे । खाँडो नदी र जीता नदीको पानीलाई च्यानल बनाई प्राकृतिक रुपमा पुरानै मूल धारमा बगाउने दुबै पक्षको धारणा मिलेपछि सहमति भएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए ।
    
दशगजामा हराएको सीमा स्तम्भ खोजीका लागि दुवै देशको केन्द्रीय स्तरमा पहल गर्ने र तत्कालका लागि नेपालको जल उत्पन्न प्रकोपका प्रमुख तथा भारतीय पक्षको जल संशाधनका प्रमुखको संयुक्त टोलीले सर्भे अध्ययन गरी दिएको प्रतिवेदनको आधारमा निर्माण कार्य अगाडि बढाउने सहमति भएको छ । प्रतिवेदन नआउञ्जेल बाँध निर्माण कार्य रोक्ने सहमती भएको प्रजिअ गौतमले जानकारी दिए ।

नेपालको तर्फबाट प्रजिअ गौतमको नेतृत्वमा प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी नायब निरीक्षक निरकृष्ण अधिकारी लगायतका सुरक्षा अधिकारी सहभागी थिए । भारतीय पक्षबाट सुपौलका डिस्ट्रिक्ट मजिस्ट्रेट वैद्यनाथ यादव, सशस्त्र प्रहरी सिमा सुरक्षा बलका ४५औं बटालियनका प्रमुख रामअवतार भथोलियालगायतका सुरक्षा अधिकारीको सहभागिता थियो ।
दुवै पक्षका सुरक्षा अधिकारीको संयुक्त टोलीले दशगजा क्षेत्रको स्थलगत अवलोकन गरी बाढीको प्रभावबारे जानकारी लिएपछि कुनौलीमा दुई पक्षबीच छलफल भएको थियो ।
    
दशगजा निरीक्षण पश्चात सुपौलका डिस्ट्रिक्ट मजिस्टङेट यादवले बिहीबार दशगजामा भएको घटना दुःखद भएको भन्दै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपाली जनतालाई दुःख दिने नियत आफूहरुको नरहेको भन्दै उनले भने, ‘नेपाल र भारतबीचको सदियौँदेखिको सम्बन्ध कायम रहन्छ, हामी दशगजा समस्याको ठोस समाधानका लागि गम्भीर छौँ ।’

भारतीय पक्षबाट दशगजामा भइरहेको बाँध निर्माण कार्य रोक्ने क्रममा बिहीबार भारतीय पक्षबाट गरिएको आक्रमणमा परी जिल्ला विकास समिति सप्तरीका पूर्व सदस्य समेत रहेका तिलाठी–४ का देवनारायण यादवसहित छ जना घाइते भएका थिए ।

बिहीबारको झडपले शुक्रबार नेपाल–भारत सीमामा आवतजावत बन्द रहेको थियो । दैनिक उपभोग्य सामग्रीका लागि कुनौली जाने नेपालीहरुलाई दुव्र्यवहार गरेर भारतीयले फर्काएपछि आवतजावत बन्द भएको हो । सहमति पश्चात दशगजा क्षेत्रको स्थिति सहज बन्दै गएको छ ।

दशगजा क्षेत्रमा भारतले बाँध निर्माण गर्न थालेपछि सीमावर्ती क्षेत्रको तिलाठी, सकरपुरा, लौनिया, रम्पुरा मल्हनिया, विषहरियालगायतका आधा दर्जन बढी गाविस डुबानमा पर्ने भएपछि बाँध निर्माण कार्य तत्काल रोक्नुपर्ने भन्दै नेपाली पक्षले प्रदर्शन गरेको थियो । गत शनिबार खाँडो नदीमा आएको बाढीमा तिलाठी, सकरपुरा, लौनिया, रम्पुरा मल्हनियालगायतका गाविसहरु डुबानका परेको थियो । अत्यधिक पानी थुनिएर जलमग्न भएपछि भारतले सात वर्ष अघि एकपक्षीय रुपमा बनाएको सो बाँध भत्किएको थियो ।

बिहीबार बिहानदेखि नेपाल र भारत पक्षका वासिन्दाबीच उत्पन्न तनावपछि अपरान्ह झडप भएको थियो । दोहोरो झडपले उग्र रुप लिएपछि दुबैतर्फ व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरी घटनास्थललाई दुवै पक्षका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.