माडीका सात ठाउँ डुबानमा

माडीका सात ठाउँ डुबानमा

चितवनः चितवनको दक्षिणी क्षेत्र माडी नगरपालिकाभित्र रहेका सात ठाउँ शुक्रबार डुबानमा परेका छन् । बिहीबार रातिको वर्षाका कारण रिउ खोला गाउँ पसेपछि सात ठाउँका ८७ घर डुबानमा परेका हुन् ।

रिउ खोलाले पाँच घर बगाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलका अनुसार माडीको रतनीमा ६, धोबाहामा २०, बनकट्टामा १६, ब्रह्मटोलमा १५, चन्द्रपुरीमा ५, रतनपुरीमा ५ र सिमरामा २० घरधुरी डुबानमा परेका छन् ।

सिमराका ५ घर रिउ खोलाले बगाएको र अमेलिया पनि डुबानमा परेको जानकारी उनले दिए । इलाका प्रहरी कार्यालय माडीले रिउ खोला मानवबस्तीमा पसेपछि घर डुबानमा परेको तर मानवीय क्षति भने नभएको जनाएको छ । डुबान क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मीको टोली खटाइसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसैबीच बिहीबार रातिको अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा पहिरो गएपछि शुक्रबार बिहान दुई घन्टा आवागमन रोकिएको थियो । डोजर र एस्काभेटरले पहिरो पन्छाएपछि यातायात पुनः सञ्चालनमा आएको छ ।

मनसुनी वर्षाका कारण पहिरोले अवरुद्ध सडक खुलाउने काममा खटिनुपरेकाले सडक मर्मतमा बाधा परेको नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताएका छन् । ‘चार किलोको पहिरोले सबैभन्दा बढी दुःख दिएको छ', उनले भने, ‘गाईघाट, घुमाउने, केराबारी, सेतीदोभान, सिमलताललगायत ठाउँमा ससानो पहिरो झर्ने गरेको छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.