‘गुन्डा तह लगाउन नागरिकसँग हातेमालो

‘गुन्डा तह लगाउन नागरिकसँग हातेमालो

बनेपाः नेपाल प्रहरीका माहानिरीक्षक उपेन्द्रकान्त अर्यालले फुटपाथे डन तह लगाउन नागरिकसँग हातेमालो गर्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।
शुक्रबार काभ्रेको धुलिखेलमा नवनिर्मित कार्यालय प्रमुखको निवास उद्घाटन गर्दै आईजीपी अर्यालले नागरिक र फुटपाथे डनसँग प्रहरीले दोहोरो रोल गर्न नहुने बताए ।

‘अब प्रहरीले दोहोरो रोल खेल्न मिल्र्दैन', उनले भने, ‘कुनै प्रहरी अधिकृत डन र अपराधीसँग रातदिनसँगै बस्छ र सँगै हिँड्छ भने नागरिक समाजले त्यसलाई खबरदारी गर्दै प्रहरीलाई वान वेमा हिँडाउनुपर्छ । त्यो हो नागरिकमैत्री प्रहरी ।'

उनले दसबर्से द्वन्द्वकाल र गत वर्षको भूकम्पबाट प्रहरीका भौतिक संरचनाहरूमा क्षति पुगेको र त्यसको पुनर्निर्माणका लागि अर्बौ रुपैयाँ लाग्ने बताए । ‘द्वन्द्व र भूकम्पका कारण साधन स्रोतको अभावमा गुज्रिरहेका छौं ।

यसैका लागि नागरिकसँग हातेमालो गरेर काम गर्न लागेका हौं’, उनले भने । उनले उपस्थित प्रहरी अधिकृतलाई न्यायका लागि कार्यलमा आएका पीडितको छिटो काम र राम्रो व्यवहार गरी जतिसक्दो चाँडो न्याय दिई प्रहरीको सेवाको आभास गराउन निर्देशनसमेत दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, बागमती अञ्चल प्रहरी प्रमुख एसएसपी केदारभक्त भण्डारी, काभ्रे जिल्ला प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले नागरिक र प्रहरी मिलेर काम गर्न सके अपराधिक क्रियाकलाप र गुण्डागर्दी निर्मुल हुनेमा जोड दिएका थिए ।

नवनिर्मित भवन बनेपा ५ का स्थानीय राजभक्त प्रधानले २९ लाख २७ हजारको लागतमा निर्माण गरी प्रहरीलाई हस्तान्तरण गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.