नेपालमा प्रतिलाख २२ जनाको सडक दुर्घटनामा मृत्यु

नेपालमा प्रतिलाख २२ जनाको सडक दुर्घटनामा मृत्यु

भक्तपुरःमहानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले ट्राफिक नियम पालना नगर्दा नेपालमा सडक दुर्घटनामा मानिसको मृत्यु हुने क्रम बढेको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी ताथली उपशाखा भक्तपुरले शनिबार सञ्चालन गरेको सडक सुरक्षा तथा प्राथमिक उपचारसम्बन्धी कार्यक्रममा प्रहरी नायब महानिरीक्षक अर्यालले एकछिनको हतारले सडक दुर्घटना र त्यसमा पर्ने अधिकांशको मृत्यु हुने क्रम बढेको बताएका हुन् ।

उनले सडक दुर्घटनामा परी प्रतिवर्ष प्रतिलाख २२ नेपालीको मृत्यु भइरहेको जानकारी दिए ।‘नेपालमा हुने सडक दुर्घटनामा प्रतिवर्ष प्रतिलाख २२ नेपालीले ज्यान गुमाउँदै आएका छन्', प्रहरी नायब महानिरीक्षक अर्यालले भने, ‘नेपाल जस्तै पहाडी देश स्वीट्जरल्याण्डमा यो दर २.७ मात्रै छ । फेरि नेपालको सबै भूभागमा सवारीसाधन गुड्दैनन् ।'

उनका अनुसार नेपालमा प्रतिवर्ष २० प्रतिशतले सवारीसाधनको संख्या बढिरहेको छ । तर सोको अनुपातमा सडक विस्तार र गुणस्तर बढ्न सकेको छैन ।
उनले सवारी हाँक्दा गतिसँगै सुरक्षालाई ध्यान नदिए अवश्यम्भावी दुर्घटना निम्तिने बताए ।

‘सवारीको गतिसँग सुरक्षा भएन भने दुर्घटना हुन्छ’, उनले भने, ‘गएको एक वर्षमा एकसय ६७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । हजारौंले अंगभंग हुनुपर्‍यो ।'

महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत सडक सुरक्षा कार्यक्रमका संयोजक प्रहरी नायक उपरीक्षक सविन प्रधानले सडक दुर्घटनाको कारण हुने मृत्युदर शून्यमा झार्न ट्राफिक प्रहरीले सडक सुरक्षा तथा ट्राफिक नियमबारे सबैलाई सचेत गर्ने विशेष अभियान नै सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति मनोजकुमार थापाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने व्यक्तिले अनिवार्य रुपमा प्राथमिक उपचारसम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था गर्न माग गरे ।

 

 

उनले यससम्बन्धमा स्वास्थ्य र यातायात मन्त्रालयसँग पटकपटक छलफल गरिँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे ।
‘हामीकहाँ सडक दुर्घटनालगत्तै प्राथमिक उपचार नपाउँदा धेरै घाइतेले ज्यान गुमाएको अवस्था छ', सभापति थापाले भने, ‘घटनालगत्तै प्राथमिक उपचार पाए धेरै घाइतेहरुको ज्यान जोगिन्छ । त्यसैले सबै चालक र सहचालकहरुले लाइसेन्ससँगै प्राथमिक उपचारसम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था गर्न आवश्यक छ ।'

पछिल्लो समय प्राकृतिक विपत्भन्दा सडक दुर्घटनामा बढी जनधनको क्षति हुन थालेपछि नेपाल रेडक्रसले बेल्जियम रेडक्रसको सहयोगमा सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । भक्तपुरमा नमुना कार्यक्रमको रुपमा सुरु भएको सडक सुरक्षा अहिले कास्की, मोरङ र महोत्तरीमा विस्तार गरिएको छ ।

अरनिको राजमार्गको बैकल्पिक बनेपा-नाला-ताथली-भक्तपुर ताथली सडकमा सवारी दुर्घटना हुन नदिन तथा दुर्घटना भइहाले तत्काल उद्धार तथा प्राथमिक उपचारमा समुदायलाई परिचालन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।

रेडक्रस ताथली उपशाखा सभापति ईश्वर खड्काले कार्यक्रमका सहभागीहरुलाई सडकको सुरक्षित प्रयोगसँगै पैदलयात्रीले सडक काट्दा अपनाउनुपर्ने सजगता तथा विधि, जेब्रा क्रस गर्ने तरिकालगायतबारे जानकारी दिइएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.