राष्ट्रिय स्रष्टा सम्मान कदमलाई

राष्ट्रिय स्रष्टा सम्मान कदमलाई

काठमाडौंः गीतकार संघ नेपालले शुक्रबार राजधानीमा २०७२ सालको राष्ट्रिय स्रष्टा सम्मान वरिष्ठ गीतकार भैरवनाथ रिमाल कदमलाई प्रदान गरेको छ । यसैगरी वर्ष गीत पुरस्कार धोका दिने निर्मोहीको बोलको गीतका लागि दिलीप पिया र वर्ष गीत पुस्तक पुरस्कार जीवनका गीत नामक कृतिका लागि जीवन मुकारुङलाई प्रदान गरिएको छ ।

नाट्य तथा संगीत प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्तले रिमाललाई एक लाख एक रुपैयाँ राशिसहितको ताम्रपत्र र पिया र मुकारुङलाई ५१ हजारका दरले प्रमाणपत्र प्रदान गरेका हुन् । संघले बर्सेनि उत्कृष्ट १० गीत र यसै वर्षदेखि उत्कृष्ट तीन गीतिसंग्रह सार्वजनिक गरी एक, एकजनालाई पुरस्कृत गर्ने गर्छ ।

उत्कृष्ट १० गीतमा तुलसी बस्नेतको तिमीलाई भुल्दैछु किस्ता किस्तामा, राधिका अधिकारीको जति छाल आए पनि, किरण बरालको डोल्पाले चामल पा छैन, लोकराज अधिकारीको जे गर्दा नि मिल्दैन, नवि अधिकारीको खोजी गर्दा मिल्ने भए, रवीन्द्र आशीष शैलीको आँखा खोल्दा तिमीलाई, महेश आचार्यको आफ्नै घर सल्काएर, नृपध्वज खड्काको वरै ढल्यो र राजन ठकुरीको बाटो मोड्ने छैनलाई छनोट गरेको थियो । उत्कृष्ट तीन कृतिमा लक्ष्मी अधिकारी पौडेलको लक्ष्मी गीतिसंग्रह र चन्द्रा चाम्लिङको प्रेमको तस्बिर छानिएका थिए ।

 

प्रतिष्ठानका कुलपति सरुभक्तले संघले गीति वाङ्मयको क्षेत्रलाई बलियो बनाउँदै लगेको बताए । उनले भने, ‘गीतले जीवनका ढुकढुकी र जगतका विम्बप्रतिविम्बलाई समेट्ने भएकाले यसबारे गहन अध्ययन हुनुपर्छ ।'

गीतकार पियाले गीतको सिर्जना कसरी भयो आफूलाई थाहा नभएको बताए । उनले भने, ‘मेरो प्रयास एल्बम निकाल्ने थियो तर रहरसँगै कसैको प्रेरणा र साथ पाएँ अब यो पुरस्कारले थप प्रेरित भएको छु ।'
कार्यक्रममा गीतकार चूडामणि देवकोटा, संघका अध्यक्ष योगेन्द्रमणि दाहाललगायतले बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.