बर्दियामा अझै बाढीको सन्त्रास

बर्दियामा अझै बाढीको सन्त्रास

बर्दियाः करिव दुई वर्ष अघि बबई नदीको बाढीबाट प्रभावित बनेको बर्दिया जिल्ला अझै बाढीको त्रासबाट मुक्त हुन सकेको छैन । देशकै ठूला नदी पूर्वमा बबई र पश्चिममा कर्णाली नदीले घेरेको बर्दिया जिल्लामा पछिल्लो समय मनसुनको सक्रियता बढेसँगै बाढीको त्रास पनि बढेको हो ।

साउनको दोश्रो साता वितिसक्दा पनि यतिखेर स्थानिय प्रसासन, सुरक्षा निकाय लगायत जिल्लावासीलाई बाढीको डरले निन्द्रा हराम गरिरहेको छ । अलिकती पानी पर्योकी सवैको ध्यान नदी वौलाउँछकी भन्ने तर्फ हुने गरेको पाईन्छ । एक साता अघि जिल्लाका केही स्थानहरुमा वाढी आएपनि कुनै ठूलो क्षती नभएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बललाई जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द बर्दियाले विपद प्रतिकार्यका लागि अत्यावश्यक खोज तथा उद्धारका सामाग्री हस्तान्तरण गरेको गरेको छ । केन्द्रले तिन वटै सुरक्षा निकायलाई कुल ७२ वटा लाईफ ज्याकेट, नाईलन डोरी १५ थान, सुरक्षित हेलमेट २७ गोटा, रवर ट्युव २४ थान लगायतका ७ लाख रुपैया लागतको १२ प्रकारका अत्यावस्यक उद्धार सामाग्री हस्तान्तरण गरिएको केन्द्रका व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिएका छन् ।

दुई वर्ष अघि बर्दियामा आएको भिषण बाढीका कारण १७ हजार ३ सय ७६ घर परिवारका ९० हजार भन्दा वढी व्यक्ती प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्याँक छ । जसमा ३२ जनाले ज्यान गुमाए भने ३ हजार ८ सय ५९ घर पूर्ण क्षती भएको थियो ।

 

 

 

 

प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष विष्णु बहादुर थापाले बर्दिया जिल्ला बाढीको अत्याधिक जोखिममा रहेको वताए । उनले आपतकालिन कार्य सञ्चालन केन्द्रको क्षमता कमजोर रहेको वताउँदै संघ संस्थाहरुलाई सहयोग गर्न अपिल गरेका छन् । केन्द्रसँग प्रयाप्त मात्रामा उद्धारका सामाग्री पनि छैनन् उनले भने सुरक्षा निकायहरुलाई प्रयाप्त मात्रामा उद्धार सामाग्रीको अभावमा प्रतिकार्यमा समस्या आउने गरेको छ ।

नेपाली सेनाका तर्फबाट रुद्रध्वज गण गुलरियाका मेजर रामबहादुर कार्की, जिल्ला प्रहरी कार्यालयका तर्फबाट प्रहरी उपरिक्षक भरत बहादुर वोहोरा, शसस्त्र प्रहरीका तर्फबाट शसस्त्र प्रहरी नायव उपरिक्षक राजु शाह र आपतकालिन केन्द्रका तर्फबाट प्रशासकिय अधिकृत डिल्लीराम आचार्यलाई सामाग्री हस्तान्तरण गर्दै प्रजिअ थापाले थारु महिला उत्थान केन्द्रको जलवायु अनुकुलन कार्यक्रमको सहयोगमा केही मात्रामा भएपनि प्राप्त भएको उद्धार सामाग्रीले वाढीको उद्धारमा सहयोग पुग्ने वताए ।

बर्षातको मौसम भएकाले र मनसुन सक्रिय रहेको अवस्थामा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले वर्दिया जिल्लामा विपद पुर्वतयारी तथा प्रतिकार्यका लागि सरकारी निकाय, विभिन्न सघसस्था, रेडक्रसको समन्वयमा सक्रियता वढाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.