दिनहुँको झरीले सास्ती खेप्दै भूकम्पपीडित

दिनहुँको झरीले  सास्ती खेप्दै भूकम्पपीडित

धादिङः केही दिनअघिदेखी लगातार परिरहेको झरीले गर्दा भुकम्प पिडितहरुलाइ समस्या भएको छ । भुकम्प गएको १ वर्ष वितिसक्दा पनि अझैसम्म वाँसका टहरा र त्रिपालमा बसेकाहरुको झरीले गर्दा विजोग भएको छ भने बालबालिका र बृद्धबृद्धाहरु विरामी पर्न थालेका छन ।


धादिङका ग्रामिण क्षेत्रहरुमा अझैपनि भुकम्प लगत्तै आपतकालिन अवस्थामा बनाइएका अस्थायी संरचनामा नै मानिसहरु बस्दै आएका छन । गत वर्ष खासै पानी नपरे पनि यसबर्ष साउन लाग्ने वित्तिकैको लगातारको झरीले भुकम्प पिडितहरुलाइ समस्यामा पारेको छ । सरकारी अनुदानको पर्खाइमा अझैसम्म पनि घर बनाउन नसकेको पिडितहरुको पोहोर बनाएको टहरा अहिले चुहिन थालेको छ ।


भुकम्प गएको १ वर्षसम्म पनि अनुदान पाउन नसकेका धादिङका अधिकाँश पिडितहरुले गतवर्ष आपतकालिन अवस्थामा बनाएको टहरालाइ नै मर्मत गरेर वर्खा कटाउने सोच बनाए पनि दिनहुँको बर्षाले गर्दा टहराहरुमा पानी चुहिन थालेको छ ।

नीलकण्ठ ९ ज्यामिरेकी देवकी दुवाडीले भनिन, ‘गएको वर्षपनि अनुदान पर्खिएरै वित्यो यस वर्ष पनि अहिले भर्खर सम्झौताको काम सुरु भएको छ, पहिले घर बनाए अनुदान नपाइएला कि भन्ने थियो । बर्खा लाग्ने वित्तिकै घर बनाउने सोच आएपनि सकिएन, अहिले त दिनुहँ पानी परिरहेको छ, आपतकालिन अवस्थामा बनाइएकाले टहराराम्रोसंग बनाइएन, वाँसका भाटाहरु पानीले खाइसके पोहोर बनाएको टहरोमा बर्खा कटाउन सकिदैन जस्तो लाग्न थालेको छ ।’
लगातारको झरीले गर्दा अझैपनि वाँसका टहराहरुमा बस्दै आएका बालबालीका र बृद्धबृद्धाहरु विरामी पर्न थालेका छन । शुद्ध खानेपानीको समेत समस्या हुँदा झाडापखाला र आउ जस्ता रोगहरु देखा पर्न थालेका छन । अझ विशेष गरि उत्तरी धादिङबाट विस्थापित भएर सदरमुकाम आसपासमा बस्दै आएका विस्थापितहरुको दैनिकी कष्टकर बनेको छ ।

खुल्ला चौरमा एकै ठाउँमा धेरै जना बस्दा विरामीको संक्रमण बढेर धेरै जना विरामी पर्ने गरेका छन । धन्सारपाखा शिविरमा बस्दै आएका टेक बहादुर तामाङले भने, ‘यहाँ टहरा बनाएर बसेको धेरै भयो, यो बर्खामा चाँही गाह्रो भएको छ । लगातार पानी परिरहेको छ । ठुलो समुहमा बसेको भएर होला अलि अब्यवस्थित पनि छ, बालबालिका र बृद्धबृद्धा बढी विरामी हुने गरेका छन ।’


विस्थापितहरुको स्थायी बसोबासको ठेगान नहुँदा साह्रै समस्यामा पर्दै आएका छन । दिनहुँ झरी परिरहेकाले पानी नै विस्थापीतहरुको ठुलो शत्रु बनेको छ । ‘टाउको लुकाउने गतिलो ठाउँ छैन, पानी पर्न थालेपछि आफु भिजेरै भएपनि लुगाफाटा र सरसामान जोगाउन त्रिपालको एक फेर समातेर बस्नुपर्छ ।’ नीलकण्ठ ४ को शिविरमा बस्दै आएकी सोममाया तामाङले भनिन, ‘गाउँमा जाउँ हिउद मा त बस्न नसकेर यता आइयो भने अव बर्खामासमा कसरी बस्न सकिन्छ र जाने ?’

सरकारले बर्खा अघि नै भुकम्प पिडितहरुको लागि छानो उपलब्ध गराउने भनेर अनुदान वितरणको काम अघि बढाएपनि धादिङमा भने असारको पहिलो सातावाट मात्रै सम्झौताका काम सुरु भएको थियो । बर्र्खा लाग्ने वित्तिकै सम्झौताको सुरु भएपनि सदरमुकामबाट ग्रामिण क्षेत्रहरुमा चल्ने अधिकाँश कच्ची सडकहरु बर्खा लाग्ने वित्तिकै बन्द हुने भएकाले अनुदानको पहिलो किस्ता पाउने भुकम्प पिडितले पनि तत्काल घर बनाउन सक्ने अवस्थामा छैनन ।

निर्माण सामाग्रीहरु ढुवानी गर्न नसक्ने भएपछि गाउँ गाउँमा घर निर्माण गर्न असम्भव जस्तै भएको छ । असार मसान्तसम्ममा धादिङमा २७ हजार ३ सय ५ जनाले अनुदान पाउनको लागि सम्झौता गरेका छन भने पहिलो किस्ताको ५० हजार रुपैया मार्पाक र कटुन्जेका पिडितहरुले लिन सुरु गरेका छन । ५० हजार रुपैया बुझेपनि बर्खाको समय भएकाले तत्काल घर बनाउन नसकिने मार्पाकका पिढितहरुले बताएका छन ।

सरकारले घर बनाउन भनेर दिएको राहतको पहिलो किस्ता पाउदा निकै खुसी भएका राजेन्द्र अधिकारीले भने, ‘भुकम्पले घर भत्किए पछि सरकारले घर बनाउन पैसा दिने भनेर कुर्दा कुदा यतिका समय टहरामा बितायौ, अहिले ढिलो भएपनि अहिले पहिलो किस्ता ५० हजार पाइयो । अव बर्खापछि दशै आसापासमा घर बनाउने सोच रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.