बालबालिकाको भूकम्प अनुभव ‘सेकन' विमोचित

बालबालिकाको भूकम्प अनुभव ‘सेकन' विमोचित


काठमाडौंः  भूकम्पसम्बन्धीको बालबालिकाको अनुभवलाई संकलन गरी तयार पारिएको अंग्रेजी कृति ‘सेकेन' शनिबार राजधानीमा विमोचन गरिएको छ ।

गैरआवासीय नेपाली (एनआरएन) ले प्रकाशित गरेको उक्त कृतिको लेखक बालबालिकाहरू अञ्चित ढुंगाना, अनुकृत लामिछाने, अस्मिता भट्टराई, अवतार पाठक, चिराग तिमिल्सिना, महेश भट्टराई, नान्सी गुरागाइँ, प्रज्ञा बास्तोला, प्रज्ञा भण्डारी, सार्थक न्यौपाने, सुर्मा डंगोल, सुलेखा भण्डारी, श्रीजन आचार्य र हिमांशु कुँवरले विमोचन गरेका थिए ।

साहित्यकार अशेष मल्लले भूकम्पसम्बन्धी विषयलाई लेखेर बालबालिकाले देशप्रतिको माया छताछुल्ल बनाएको बताए । उनले भने, ‘कक्षा चारदेखि १० सम्मका बालबालिकाको यो प्रयासले इतिहास बनाएको छ । यसले देशप्रतिको माया अद्भूत छ भन्ने बुझ्न सकिन्छ ।' डा. रविन्द्र समीरले भूकम्पबाट सबैभन्दा बढी पीडित बालबालिका भएको बताए ।उनले भने, ‘बालबालिकाले पीडालाई अभिव्यक्त गरेका छन् । यस कृतिबाट अरु बालबालिकालाई पनि धेरै शिक्षा मिल्छ ।'

निलम कार्की निहारिकाले साहित्यकारहरूका अनुभव कृतिहरूमा आए पनि बालबालिकाहरूको अनुभव संगालेको कृति पहिलो भएको बताइन् । एनआरएनले अंग्रेजी भाषामा प्रकाशन गरेर भूकम्पको बालअनुभवलाई अन्तर्राष्ट्रियकरण गरेको उनको भनाई छ ।

 

कृतिका अतिथि सम्पादक महेश पौडेलले बालबालिकाका अभिव्यक्तिलाई सिद्धान्तमा तौलिएर पढ्न नहुने बताए । उनले भने, ‘नेपालभित्र भएका बालबालिकाले जे देखे र भोगे त्यही लेखे भने नेपाल बाहिर बस्नेले जे सुने र पढे त्यही लेखेका छन् ।' अभिभावक हरिहर तिमिल्सिनाले छोराछोरीको मिहिनेतलाई कम आँकेर बुबाआमाले लेखिदिएको भन्ने भ्रम नफैलाउन आग्रह गरेका थिए ।

कार्यक्रममा सम्पादकद्धय हिमांशु कुँवर र अनुकृत लामिछानेले सम्पादन र अञ्चित ढुंगाना, अस्मिता भट्टराई, अवतार पाठक, चिराग तिमिल्सिनाले भूकम्पसम्बन्धी अनुभव सुनाएका थिए । कृतिमा २४ जना बालबालिकाको संस्मरण छ । जसमा कुसुम अर्याल, आस्था तिमिल्सिना, हिमांशु क्षेत्री, शर्मिला हमाल, स्वीकृति काफ्ले, कृशंम्सु क्षेत्री, अहिस्ता कार्की, अयुस्मा शर्मा, अयुस्मा लामिछाने र सर्गम गदालको पनि संस्मरण छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.