मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु

मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु

मकवानपुरः मकवानपुरमा भएको यात्रुबाहक बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । दुई बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले अन्नपूर्ण पोस्टलाई जानकारी दिए । तीन दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको थियो भने एकको उपचार गर्दागर्दै ज्यान गएको हो ।


काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं आइरहेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी त्रियुगा नगरपालिका १० उदयपुर बस्ने बिनोदकुमार चौधरी र उनका १० वर्षका छोरा मनिरत्न चौधरीको ज्यान गएको छ । त्यस्तै ठेगाना नखुलेका लक्ष्मीप्रसाद अधिकारी र सन्तोष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्यको परिचय खुल्न सकेको छैन ।


दुर्घटना राति करिब एक बजेको समयमा भएको भन्दै गौतमले कारण खुल्न नसकेको र दुर्घटनास्थलको प्रकृति हेर्दा एउटा गाडीले सेन्टरलाईन क्रस गरेको बताए । उनले भने–‘दुर्घटनाको कारण अहिले खुल्न सकेको छैन । दुवै बसका चालक गम्भीर घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएपछि केही थाहा होला । यात्रुहरुले आफूहरुलाई बस ठोक्किएको मात्र थाहा छ अरु थाहा छैन भनेका छन् ।

दुर्घटनामा परी घाइते भएका ३१ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । 

यसअघि २०७१ कात्तिक १५ गते राति पनि इलामबाट काठमाडौं आउँदै गरेको रात्रिबस र काठमाडौंबाट विराटनगर जाँदै गरेको रात्रिबस मकवानपुरकै बासबाढीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । सो दुर्घटना पनि दुर्इ बस एकआपसमा ठोकिएर भएको थियो । 

पछिल्लो समय यात्रुबहाक बस दुर्घटनाको क्रम बढेको छ । बिहीबार मात्र धनकुटाको सिधुवामा भएको दुर्घटनामा पूर्वराज्यमन्त्रीसहित १५ जनाले ज्यान गुमाएका थिए ।

अस्पतालमा भर्ना भएकाहरुको विवरण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.