नेतामाथि आक्रमण

नेतामाथि आक्रमण

विदुरःस्थानीय निकाय पुनर्संरचनाका विषयमा रसुवाको धुन्चेमा शनिबार बेलुका विभिन्न दलका केन्द्रीय नेताहरू सम्मिलित अन्तक्र्रियामा स्थानीयले आक्रमण गरेका छन् । सदरमुकाम धुन्चेमा तीन मुख्य दलका केन्द्रीय नेता सम्मिलित अन्तरक्रियामा आक्रमण हुँदा दलका नेता र कर्मचारीसमेत सातजना घाइते भएका छन् ।

रसुवाको सदरमुकाम धुन्चेमा संघीय संरचनाअनुसार स्थानीय निकाय पुनर्संरचनाको तेस्रो सर्वदलीय बैठकको पूर्वतयारीस्वरूप शनिबार कांग्रेस, एमाले र माओवादी केन्द्रका केन्द्रीय नेता सम्मिलित अन्तरक्रियामा स्थानीयले लाठी र कुर्सीले आक्रमण गरी तीनै दलका ६ जना केन्द्रीय नेता र एक कर्मचारीलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

स्थानीयको आक्रमणमा परी एमालेका वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल, माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्र गौतम जगतजंग, माधव लामिछाने समीर, मेघनाथ घिमिरे, कांग्रेस महाधिवेशन प्रतिनिधि जनकजीवन उपाध्याय र रसुवाका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे घाइते भएको जानकारी रसुवाका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले दिए ।

उनका अनुसार एमाले केन्द्रीय सदस्य अर्याल र कांग्रेस महाधिवेशन प्रतिनिधि उपाध्याय गम्भीर घाइते छन् । अर्याल र उपाध्यायलाई रसुवा जिल्ला अस्पताल धुन्चेमा प्राथमिक उपचार गरी थप उपचारका लागि शनिबार राति नै काठमाडौं पठाइएको छ । अन्यको सदरमुकाम धुन्चेमै उपचार भइरहेको छ ।

 

धुन्चेस्थित जिल्ला विकास समितिको सभाहलमा आइतबार हुने तेस्रो चरणको स्थानीय निकाय पुनर्संरचनाका विषयमा पूर्वतयारी गर्न दलका नेता सम्मिलित अन्तरक्रियामा स्थानीयवासी तथा नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापतिसमेत रहेका बाबुलाल तामाङको नेतृत्वमा आएको २० जनाको टोलीले आक्रमण गरेको अस्पतालमा उपचाररत केन्द्रका केन्द्रीय सदस्य लामिछानेले बताए ।

‘बिनाकारण आक्रमण गरे । साथीहरूको भावना बुझेरै रसुवाको धुन्चेलाई नयाँ संरचनाअनुसार माथिल्लो भेगमा राख्ने सहमति हुँदा पनि आक्रमणमा उत्रनु दुःखद् भयो', एमालेका घाइते केन्द्रीय सदस्य अर्यालले भने ।

कांग्रेस, एमाले र माओवावादी केन्द्रका केन्द्रीय नेता सम्मिलित अन्तरक्रियामा स्थानीयले लाठी र कुर्सीले आक्रमण गरी ६ जना केन्द्रीय तेना र एक कर्मचारीलाई घाइते बनाएको प्रहरीले बताएको छ । 

‘यसअघि भएका दुई चरणका अन्तरक्रियाबाट आएका निष्कर्षलाई समावेश गरेर साथीहरूको भावनाअनुसार रसुवाको सदरमुकाम धुन्चेलाई गाउँपालिका बनाउँदा माथिल्लो भेगका गाविससँग मिलाउने विषयमा कुरा भइरहेका बेला सुनियोजित रूपमा आक्रमण भयो, दुःख लागेको छ', अर्का घाइते कांग्रेसका उपाध्यायले भने ।

घाइतेका अनुसार नागरिक समाज रसुवाका अध्यक्षसमेत रहेका बाबुलाल तामाङ, लामा रेन्जेन तामाङलगायतको टोलीले आक्रमण गरेको हो । आक्रमणकारीको पहिचान भए पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.