शिक्षक दरबन्दी मिलानमा समस्या

शिक्षक दरबन्दी मिलानमा समस्या

गौरः जिल्ला शिक्षा कार्यालय रौतहटले सरकारी विद्यालयमा विद्यार्थी संख्याको आधारमा दरबन्दि मिलान तथा शिक्षक व्यवस्थापन गरे पनि शिक्षकका पेशागत संघ संगठनका पदाधिकारीहरु र शिक्षकहरुबीच नै मत बाझिएको छ ।

केहिदिन अघि जिल्ला शिक्षा समिति निर्णय अनुसार कार्यालयले दरबन्दि तथा शिक्षकहरुको व्यवस्थापन गरेपछि निर्णय फिर्ता लिन र कार्यान्वयन गराउन भन्दै दुइवटा टोली काठमाण्डौ गएको छ ।

शिक्षा कार्यालयले जिल्लामा दुइसय ५० जना शिक्षकको काज फिर्ता गरी दरबन्दि अनुसारको शिक्षक व्यवस्थापन गरेको छ ।
आफु अनुकुल विद्यालयमा पदस्थापना भएका शिक्षकहरु निर्णयको बिरोधमा छन भने शिक्षा कार्यालयले राम्रो निर्णय गरेको भन्दै निर्णय कार्यान्वयन हुनुपर्नेमा अर्को पक्षले जोड दिइरहेका छन ।

सो निर्णयको बिरोध गर्ने र समर्थन गर्ने दुवै पक्ष केहि दिन अघि शिक्षा मन्त्रालय र बिभागमा ज्ञापनपत्र बुझाउन गएका छन ।
दरबन्दि एवम् शिक्षक व्यवस्थापन गर्ने निर्णय असान्दर्भिक, अनियमित तरीकाबाट भएको भन्दै बिभाग तथा मन्त्रालयमा निवेदन दिन नेपाल शिक्षक युनियन रौतहटका पूर्व अध्यक्ष योगेन्द्र प्रसाद यादवको टोली काठमाण्डौ गएको छ ।

यता शिक्षक व्यवस्थापनको कार्य सकारात्मक र ऐतिहासिक काम भएको भन्दै निर्णयको समर्थनमा नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष राममंगल राय यादवको टोली पनि काठमाण्डौमा पुगेको छ ।

जिल्लामा करीव १५ बर्ष देखि दरबन्दि मिलान र शिक्षक व्यवस्थापन हुन नसेको थिएन । जिल्ला शिक्षा अधिकारी हरीप्रसाद वस्तीले निकै जटिल र चुनौतीपुर्ण काम गर्न सफल भएको भन्दै धेरै शिक्षक र शिक्षाप्रेमीहरुले खुशी व्यक्त गरेका छन । शिक्षा अधिकारी वस्तिको केहि दिन अघि काज फिर्ता भएको छ ।

 

शिक्षक व्यवस्थापनमा कमजोरी भए तथा औचित्यपूर्ण कुनै शिक्षकलाइ मर्का परेको छ भने नियमानुसार पुनर्विचार गर्न सकिने र यो कार्य नियमित भएकाले बिरोध गर्नुपर्ने कारण नभएको शिक्षा अधिकारी वस्तिको भनाइ छ ।

राहात, करार तथा अस्थायी शिक्षक पनि काज सरुवामा रहेको, स्थायी शिक्षकहरु पनि दरबन्दिको बिधालयमा नपुगी बाटो बाटै आफु अनुकुल बिधालयमा काज सरुवा हुने परीपाठीको अन्त्य गर्न शिक्षक व्यवस्थापन गरेको उन्ले बताएका छन ।

गाउका बिधालयमा शिक्षक नहुने , सदरमुकाम र बजार क्षेत्र बिधालयमा बिधार्थी भन्दा शिक्षक बढी रहेको अवस्थामा शिक्षक व्यवस्थापन गर्नुको बिकल्प नरहेको शिक्षा कार्यालयले जनाएको छ ।

जिल्ला कै बिधालय बाट जिल्लाकै बिधालयमा सरुवा हुदा , शिक्षक व्यवस्थापन गर्दा बिरोध गर्नुपर्ने कारण नरहेको शिक्षा कार्यालयको भनाइ छ । महिला तथा अपाङ्गता भएका शिक्षक शिक्षिकालाइ सरुवा नगरेको समेत शिक्षा अधिकारी वस्तिले जनाएका छन । जिल्लाको बिग्रिएको शिक्षाको अवस्था सुधार गर्न शिक्षक व्यवस्थापनले महत्वपुर्ण सहयोग पुर्याउने शिक्षाप्रेमीहरुको भनाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.