मकवानपुर दुर्घटनाः बस चालक भन्छन्–स्टेर‍िङ नै घुमेन

मकवानपुर दुर्घटनाः बस चालक भन्छन्–स्टेर‍िङ  नै घुमेन

मकवानपुरः मकवानपुरमा नौ जनाको ज्यान जाने गरी भएको दुर्घटना स्टेरिङ नकटेकाले भएको चालकले बताएका छन् ।

दुर्घटनाग्रस्त इमेज यातायातको ना ५ ख ४०६४ नम्बरको बसका चालक बद्रि खड्का पनि घाइते भएका छन् । अहिले हेटौडाको चुरेहिल अस्पतालमा उनको उपचार भइरहेको छ।

अस्पतालमा उपचाररत खड्काले भने–‘म मनहरी बजार पार गरी रमनटार पुगेको थिएँ । रातिको करिब सवा १२ बजेको थियो । प्रायः यात्रुहरु निदाईरहेका थिए । मेरो बसको स्पीड ६०-६५ थियो । मैले अगाडी रहेको ट्रकलाई ओभरटेक गर्ने प्रयास गरे । त्यो बेलासम्म बिपरित दिशाबाट कुनै सवारी साधन आएको देखेको थिईन,' उनले लामो श्वास तान्दै भने–‘तर जब मैले स्टेरिङ काटेर आफ्नो साईडमा बसलाई ल्याउँन खोजे तर, स्टेरिङ कटेन ।

केही छिनमा विपरित दिशाबाट बस आयो । सायद उसले मैले गाडी साईड लगाउन खोजको भन्ने सोचे होला, बसको स्पिड कम गरेनन् र आपसमा ठोक्कियो । त्यसपछि के भयो मलाई थाहा भएन । एम्बुलेसन्समा मेरो आँखा खुल्यो । मलाई उपचारको लागि हेटौँडा ल्याउँदै रहेछ ।'


काठमाडौंबाट गाईघाट जादै गरेको ना ५ ख ५०५५ नम्बरको अग्नी यातायातको बस र काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४०६४ नम्बरको ईमेज यातायातको बस आपसमा ठोक्किएर मनहरी ३ रमनटारमा दुर्घटना भएको हो ।दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.