तथ्यांकमा राजधानी

तथ्यांकमा राजधानी

तथ्य, तथ्यांक र सूचना समेटेर तयार गरिएको पुस्तक ‘तथ्याङ्कमा राजधानी उपत्यका’ बजारमा आएको छ । पुस्तकमा काठमाडौं, भक्तपुर र ललितपुरका २०३८ देखि २०६८ सम्मको जनगणनाको तथ्य समेटिएको छ ।

ती जिल्लाका नगरपालिका र गाविसका वडाअनुसार जनसंख्या, आवासीय एकाइको स्वामित्व, जग बनावट, गाह्रोका प्रकार, छानोका प्रकार, खानेपानी प्रयोग, खाना पकाउने इन्धन प्रयोग, बत्ती बाल्ने प्रयोग, शौचालयका किसिम, विदेश गएका जनशक्ति, साधन सुुविधा, उमेर समूह, जातजाति, मातृभाषा, अपांगता, साक्षरता, विद्यालयमा उपस्थितिको जनसंख्या स्रोतसहितको विस्तृत जानकारी पुस्तकमा छ । ती तथ्यांकका आधारमा नीति निर्माण गर्न, तथ्यका आधारमा लेख्न र बोल्न सजिलो हुनेछ ।

कृषि क्षेत्रको उपयोगको विवरण, जिल्लामा रहेका स्वास्थ्य संस्थाको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको जानकारी पुस्तकमा छ । गैरसरकारी संस्थाहरूको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको जिल्लागत विवरणले यो पुस्तकलाई अझ गहकिलो बनाएको छ । शैक्षिक संस्थाअन्तर्गत क्याम्पसहरूको सम्बन्धन प्राप्त विश्वविद्यालयसहितको विवरण, उच्च माध्यमिक विद्यालयको विवरण तथा विद्यालयको विवरणले शैक्षिक व्यक्तित्व, अनुसन्धानकर्ता एवं योजनाविद्लाई यो पुुस्तक उपयोगी हुनेछ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका एकाइसहितको विवरणले सुरक्षा क्षेत्रलाई पनि महत्व दिएको प्रस्टिन्छ । जिल्लामा रहेका सबै प्रकारका सहकारीको वर्गीकरणसहित नाम, ठेगाना, सम्पर्क नम्बरको तथ्यांकले वित्तीय क्षेत्रका सरोकारवालालाई उपयोगी हुनेछ ।

आमसञ्चारमाध्यम वर्गीकरणसहितका विवरणले सञ्चारको अवस्थालाई प्रस्तुत गरेको छ । पुस्तकमा सगृहीत विसं २०१५ देखि २०७० सम्मका सम्पूर्ण निर्वाचन परिणामले राजनीतिकर्मीलाई समीक्षा गर्दै अगाडि बढ्ने आधार प्रस्तुत गर्छ । विदेशस्थित कूटनीतिक नियोग र काउन्सिलरहरूको ठेगाना, सम्पर्क नम्बर र काउन्सिलरहरूको कार्यक्षेत्र (देश) सम्बन्धी विवरणले विदेशमा भएका नेपाली नागरिक तथा विदेश जान चाहने नागरिकलाई पनि यो पुस्तक उपयोगी हुनेछ । पुस्तकमा समेटिएको वैदेशिक रोजगार व्यवसायीको विवरणले वैदेशिक रोजगारमा जान चाहने श्रमशक्तिलाई हुने अन्योलबाट केही हदसम्म सहज बनाइदिनेछ ।
एउटै पुस्तकबाट यति धेरै तथ्यांकीय सूचना प्राप्त गर्नसक्नु नै यो पुस्तकको विशेषता हो ।

प्रकाशनका अध्यक्ष एवं लेखक होमनाथ कट्टेल (किशोर)का अनुुसार आफ्ना जिल्लाका बारेमा यस प्रकारका सत्यतथ्य सूचना थाहा पाउनुु सम्बन्धित जिल्लाका नागरिक तथा सरोकारवालाको अधिकार पनि हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.