सुधार गृहमा राखिएका पुरुषको शंकास्पद मृत्यु

सुधार गृहमा राखिएका पुरुषको शंकास्पद मृत्यु

विराटनगरः मोरङको उर्लाबारी ५ मा रहेको एक सुधार गृहमा सुधारका लागि भनेर राखिएका एक पुरुषको मृत्यु शंकास्पद बन्दै गएको छ ।
    
‘जीवन बचाऊ उपचार सेवा गृह’ नामक सुधार गृहमा सुधारका लागि भनेर राखिएका उर्लाबारी ३ का  ३९ वर्षीय च्याङ्बा भनिने विष्णु तामाङको शुक्रबार राति मृत्यु भएको हो ।

तामाङलाई साउन ११ गतेदेखि सुधार गृहमा राख्न थालिएको थियो । उनी कर्मा होटेलका संचालन समेत हुन् । अत्यधिक मदिरा सेवन गर्ने गरेका कारण सुधारका लागि भनेर परिवारका सदस्यले उनलाई सुधार गृहमा राखेका थिए ।
    
शरीरका विभिन्न भागमा निलडाम रहेकोले उनको मृत्यु स्वभाविक नभएर यातनाबाटै भएको तामाङका आफन्तले बताए । श्रीमती कमलाले आफ्ना श्रीमानको मृत्यु अस्वभाविक भएको बताइन ।

‘शरीरका सबै अंगमा कुटपिट गरेको निलडाम र चोट मात्र छ,’ उनले भनिन्, ‘रातभर यातना दिएका कारण मृत्यु भएको हो ।’ उनका अनुसार सुधार गृहमा राख्नु अघि शरीरका कुनै पनि ठाउँमा चोट पटक र निलडाम थिएनन् । यो सुधार गृहमा लागूऔषध र मदिराको लतमा फसेकालाई सुधार गर्ने भन्दै राख्ने गरिन्थ्यो ।

तामाङका आफन्तले यो सुधार गृहमा सुधारका लागि भनेर ल्याएका अन्यलाई पनि कुटपिट गर्ने र यातनमा दिने काम हुने गरेको जानकारी आएका कारण आफ्नो श्रीमानको मृत्युलाई स्वभाविक रुपमा लिन नसक्ने बताइन् ।

कमलाले घटनाको सत्य तथ्य छानबिन गर्दै दोषीमाथि कारबाही अघि बढाउनका लागि दिएको जाहेरी प्रहरीले दर्ता गरेन । इलाका प्रहरी कार्यालय उर्लाबारीले पीडितका तर्फबाट दिएको जानकारी दर्ता नगरेर मिलेमतोमा सुधार गृह संचालकलाई बचाउने काम गरेको आरोप तामाङका आफन्तको छ । उनीहरुले प्रहरीले घटनालाई प्रारम्भीक रुपमा छानविन गर्ने सम्मको काम पनि नगरेको गुनासो पोखे ।

उर्लाबारीका प्रहरी नायब निरीक्षक गंगाबहादुर राईले जाहेरी प्रहरीले दर्ता नगरेको बताए । अन्नपूर्णसंगको कुराकानीमा के आधारले जाहेरी दर्ता गर्ने, त्यत्तिकै हावामा जाहेरी दर्ता गरेर हुन्छ भन्दै राई कड्किएका थिए । उनले कुनै पनि सानो र सामान्य घटनालाई पत्रकारले नै बढाएर ठूलो बनाइदिने गरेको आरोप पनि लगाए । प्रनानि राईले सुधार गृहमा मान्छे मरेको घटना कुनै नौलो र ठूलो नभइकन सामान्य भएको जिकिर गरे ।  

उपचार गृहका अध्यक्ष सागर राईले भने तामाङ अकस्मात विरामी भएपछि मंगलबारे अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको दाबी गरे । उनले उर्लाबारीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरुले कुनैपनि प्रकारको शारीरिक यातना नदिएको दावी गरे ।

गृहले उच्च रक्तचापका कारण मस्तिष्कको रक्तनली फुटेको र लिभर समेत जीर्ण भएकाले तामाङको मृत्यु भएको दाबी गरेको छ । यद्यपि, मृतक विष्णु तामाङको शरीरका विभिन्न भागमा कुटपिट गरेको र यातनाबाट बनेको जस्तो देखिने निलडाम र चोटहरु भने रहेको स्थानीय बासिन्दाले बताए ।  

तामाङको शवको पोष्टमार्टम मंगलबारे अस्पतालमा गरिएको छ । यसैबीच उर्लाबारी युवा समूहले पत्रकार सम्मेलनको आयोजना गर्दै च्याङ्वाको मृत्यु कुटपिटकै कारण भएको दाबी गरेको छ ।

समूहले सुधार गृहका इञ्चार्ज रविन्द्र दाहाललाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । जीवन बचाउ उपचार सेवा गृहका संस्थापक अध्यक्ष रेवन्त कार्कीले सबै कुरामा ध्यान पु¥याउन नसक्दा यो घटनाले सबै सुधार गृहलाई लज्जित बनाएको बताए ।

सुधार गृहमा एक जना चिकित्सक र दुई जना नर्सको व्यवस्था हुनुपर्ने, कम्तिमा १० कठ्ठा क्षेत्रफलमा फैलिएको हुनुपर्ने, नियमित काउन्सिलिङ गर्ने व्यक्ति हुनु पर्ने प्रावधान छ । तर यो सुधार गृहले कुनै पनि मापदण्ड पूरा गरेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.