उद्धार गर्दा गोमन सर्पले डसेपछि ...

उद्धार गर्दा गोमन सर्पले डसेपछि ...

पोखरा: दुर्लभ प्रजातिको विषालु राज गोमन (किङ कोब्रा) सर्पको पोखरामा १९ वटा अन्डासहित उद्धार गरिएको छ । पोखराको फेवातालपारि रहेको फिस्टेल लज परिसरमा गुणसहित फेला परेको विषालु सर्पको उद्धार गरिएको हो ।

उद्धारका क्रममा संरक्षण कर्मी सर्पले टोकेर बिरामी परेका छन् । गुण बनाएर बसेको सर्पको उद्धार गर्न गएका संरक्षण कर्मी महेन्द्र कतिलालाई सर्प समातेर बोरामा राख्ने क्रममा टोकेर बिरामी भएका हुन् । उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सर्पले टोके पनि विष नलागेकोले उनको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

'संयोगले मलाई सर्पको दाँतले कोतरे पनि विष नछोडेकोले बच्न सफल भएँ', पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराई रहेका कतिलाले भने । कतिलाको देब्रे हातको औलामा सर्पले टोकेको डाम छ ।

चारवटा राज गोमनसहित करिब ४० वर्षदेखि बिभिन्न प्रजातिका एक सयभन्दा बढी सर्पको उद्धार गरेका संरक्षणकर्मी कतिलाले आफूले नयाँ जीवन पाएको भन्दै सर्प सरंक्षणमै लाग्ने बताए । सानोमा सर्प भनेको खतरा चिज हो, मार्नु पर्छ भन्ने विश्वास थियो त्यही सामाजिक कारणले सर्प देख्यो कि गाउँलेले मार्न बोलाउँथे । पछि सर्पको महत्त्व बुझ्दै गएपछि उद्धार गरी सुरक्षित स्थानमा छाड्ने गरेको उनले सुनाए ।

होटेलको बाटोको ढुंगामुनि १९ वटा अन्डासहित गुण बनाएर बसेको राज गोमनले होटेलका कर्मचारीलाई बेलाबेलामा स्वाँ गर्दै आवाजसहित टोक्न खोजेपछि होटेल व्यवस्थापनले जिल्ला वन कार्यालयमा सम्पक गरी अद्धार गर्न अनुरोध गरेका थिए । होटेल व्यवस्थापनको अनुरोधमा जिल्ला वन कार्यलय कास्कीका कर्मचारीसहितको उद्धार टोलीले सर्पको उद्धार गरेको जिल्ला वन कार्यालय कास्कीका निमित्त जिल्ला वन अधिकृत महाप्रसाद ओझाले बताए ।

उद्धार गरिएको राज गोमन सर्पका साथ संरक्षण कर्मी महेन्द्र कतिला ।

उद्धार गरिएको अन्डा र राज गोमन सर्प अहिले जिल्ला वन कार्यालय कास्कीमा राखिएको छ । सर्प र अन्डा उपयुक्त वन छनोट गरी प्राकृतिक बासस्थानमै छाडिने ओझाले सुनाए । पोखरामा दुई वर्षको अवधिमा चारवटा विषालु राज गोमन भेटिएका छन् । बगरस्थित शंकरटोल, शान्तिनगर चोक, कमल पोखरी र फेवातालपारि रहेको फिस्टेल लजमा विश्वकै सबैभन्दा बढी विषालु राज गोमन भेटिएको हो । कास्कीको दाङसिङमा पनि यसैसाता गुणसहित राज गोमन भेटिएको थियो ।

किङ कोब्रा जातको सर्प निकै विषालु हुने र नेपालमा औषधिनै नपाइने सर्पको उद्धार गर्दै आएका अर्का संरक्षण कर्मी रामजी गौतमले दाबी गरे । नेपालमा कम पाइने यो प्रजातिको सर्प संरक्षित अवस्थामा रहेको पनि उनले जानकारी दिए । जंगल, झाडी र पानीको वरपर बस्ने यो सर्प ठूलो हुने भएकोले टाढैबाट देखिने र नजिकै गएर जिस्क्याए मात्र टोक्ने उनले सुनाए ।

यो प्रजातिको सर्पको मुख्य आहारा अन्य प्रजातिका सर्प भएकोले यो सर्पको वरपर अन्य प्राजातिका सर्प कम मात्रामा पाइने उनले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठले राज गोमनले टोकेको एन्टिभेनम अस्पतालमा स्टक रहेको बताए ।

यस प्रजातिको सर्पले मात्र चरा झै गुण लगाएर ओथारो बसेर बच्चा पार्ने गौतमले बताए । यसको बच्चा जन्मदै ५० सेन्टीमिटरको हुन्छ । नेपालको तराईदेखि समुन्द्री सतहबाट ३५ सय मिटर उचाइसम्म यो प्रजातिको सर्प पाइने उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.