नेतालाई आक्रमण गर्नेको रिहाइ माग गर्दै प्रदर्शन (फोटो फिचर)

नेतालाई आक्रमण गर्नेको रिहाइ माग गर्दै प्रदर्शन (फोटो फिचर)

नुवाकोटः तीन दलका केन्द्रीय नेताहरुमाथि आक्रमणमा उत्रिने मध्ये केहि व्यक्तिलाई रसुवा प्रहरीले पक्राउ गरको विरोधमा धुन्चेवासीले सोमवार रसुवामा प्रदर्शन गरेका छन् ।

उनीहरुले पक्राउ परेकाहरुको रिहाइको माग गर्दै बिहानैदेखि धुन्चेमा यातायात तथा पसल बन्द गरेका छन् ।

स्थानीय निकाय पुर्नसंरचनाको विषयमा रसुवाको धुन्चेमा शनिवार बेलुकी मुख्य दलका केन्द्रीय नेताहरु सम्मीलित अन्र्तक्रियामा आक्रमणमा उत्रिएर कुटपिट गरी घाइते वनाउनेहरुलाई प्रहरीले पक्राउ गर्न थालेपछि धुन्चेवासीले सडकमा टायर वाल्नुका साथै नाराजुलुश गरेर उनीहरुको रिहाइको माग गरेका छन् । धुन्चेवासीले विभिन्न नेताको नाम नै उल्लेख गरेर रसुवा प्रवेश निषेध गरिएको घोषणा गरेका छन् ।

प्रहरीले सोमवार विहान रसुवाको धुन्चेवाट धुन्चे गाविस वडा नं. ८ का ३५ वर्षिय छिरिङग्याल्वो घलेलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको रसुवा प्रहरीले जनाएको छ । आइतवार वेलुकी आक्रमणमा संलग्न स्थानीयवासी तथा नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापतिसमेत रहेका ५० वर्षका बाबुलाल तामाङ, धुन्चे गाविसका पुर्वअध्यक्ष लामा रेन्जेन घलेलाई पक्राउ गरेको थियो ।

धुन्चेवासीले तामाङ र घलेको रिहाइको माग गर्दै वन्द, प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय घेराउ गरेपछि प्रहरीले उनीहरुलाई सामान्य तारिखमा छाडेकोमा पीडित घाइते नेताहरुका आफन्तले गुनासो गरेका छन् ।

सभासद छोवाङतेन्जिङ तामाङको रोहवरमा आवश्यक परेका वेला उपस्थित हुने शर्तमा तामाङ र घलेलाई रिहा गरिएको रसुवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाइले जानकारी दिए ।

 

पक्राउ परेकाहरुलाई रिहा गरिनु पर्ने, मुद्धा दायर गर्न नहुने, धुन्चेलाई गाउं पालिका वनाउंदा माथिल्लो भेगसंग मिलाएर केन्द्र धुन्चेलाई नै वनाउनु पर्ने माग गर्दै पक्राउ परेका व्यक्तिको रिहाइको माग गर्दै धुन्चेवासीले प्रदर्शन गरिरहेका छन् । घटनामा संलग्न अन्य २३ जनाको खोजी भइरहेको प्रहरीको भनाई छ ।
रसुवाको सदरमुकाम धुन्चेमा शनिवार वेलुकी तीन मुख्य दलका केन्द्रीय नेताहरु सम्मिलित अन्र्तक्रियामा आक्रमण हुँदा दलका नेता र कर्मचारीसमेत गरी सात जना घाइते भएका थिए । आक्रमणमा उत्रेका मध्ये अधिकांशलाई प्रहरी, प्रशासनले चिनेको छ । तर, घटनाको दुई दिन वित्दासमेत तीन जना वाहेक अन्य फरार व्यक्ति पक्राउ नपरेको पीडितका आफन्तले गुनासो गरेका छन् ।

घटनाको दोषीको पहिचान भइसकेको छ, अन्य फरार रहेकालाई पनि पक्राउ गर्ने पहल भइरहेकोे रसुवा प्रहरी प्रमुख डीएसपी फणिन्द्र प्रसाइले वताए । आक्रमणमबाट गम्भीर घाइते नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल र नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि जनकजीवन उपाध्यायको काठमाडौको ग्राण्डी अस्पतालमा उपचार भइरहेको घाइते छ भने अन्यको रसुवा अस्पताल धुन्चेमा उपचार भइरहेको छ ।

धुन्चेवासीले गरेको वन्दका कारण पासाङल्हामु मार्गको कालिकास्थान–धुन्चे–स्याफ्रुवेशी सडक खण्डमा लामो तथा छोटो दुरीका यातायातका साधन गुडेका छैनन् । वजारहरु पनि वन्द रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.