कलर्स इलिट इ १५ को मूल्य घट्यो

कलर्स इलिट इ १५ को मूल्य घट्यो

काठमाडौंः कलर्स मोबाइल इलिट इ १५ को मूल्य घटेर १२ हजार चार सय ९५ रुपैयाँ कायम भएको छ । १३ हजार नौ सय ९५ रुपैयाँ रहेको यो फोनको मूल्य घटेर १२ हजार चार सय ९५ पुगेको कम्पनीले जनाएको छ ।

नेपालमै पहिलो पटक ५ हजार एमएएच ब्याट्री क्षमता भएको कलर्स इलिट इ १५ मा पावर जगेडा गर्ने पावर बैंक प्रविधि रहेको छ । सबैभन्दा धेरै पावर क्षमता भएको यो फोनको बढ्दो माग र ग्राहकमाझ सर्वसुलभ बनाउने क्रममा यसको बजार मूल्य घटाएको कम्पनीले जनाएको छ ।

५ इन्चको एचडी आईपीएस स्क्रिन रहेको कलर्स इ १५ मा एन्ड्रोइड ललिपप ५.१ रहेको छ । १६ जीबी रोम प्लस दुई जीबी र्‍याम रहेको यो फोनमा ८ मेगापिक्सलको रिएर क्यामरा र ५ मेगापिक्सलको सेल्फी क्यामरा छ ।

१.३ गेगाहर्जको क्वाड कोर प्रोसेसर प्रयोग गरिएको यो फोनमा पावरको बचत, छिटो चार्ज हुने र पावर बैंकजस्ता विशेषता छन् । कलर्स मोबाइलका बजार व्यवस्थापक राजजंग थापाले कलर्स एक्स फ्याक्टर इलिट इ १५ को मूल्यमा भारी छुट दिएर सम्पूर्ण स्मार्टफोन प्रयोगकर्तालाई सजिलै यसलाई अपनाउन प्रोत्साहन गरेको बताएका छन् ।

कम्पनीले फोनमा ६ महिनाको वारेन्टी पनि प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.