कृष्णसारको उपचारमा समस्या

कृष्णसारको उपचारमा समस्या

बर्दियाः नेपालबाटै लोपहुने अवस्थामा पुगेकोले वन्यजन्तु ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सुचीमा सूचिकृत कृष्णसारलाई खोरेत रोग लागेपछि हिलोबाट उपचार शुरु गरिएको छ । गुलरिया नगरपालिका खैरापुर स्थित संरक्षण क्षेत्रको प्राकृतिक वासस्थानमा रहेका कृष्णसारलाई खोरेतको उपचारमा समस्या भएपछि वर्षाको समयमा संरक्षण क्षेत्रका केही व्लकहरु जोतेर हिलोबाट उपचार पद्धति शुरु गरिएको हो ।

एक्कासी कृष्णसार मरेपछि परिक्षण गर्दा वाह्य पशुहरुको संसर्गले सर्ने खोरेत रोग पहिचान भयो कृष्णसार संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत पुरुषोत्तम शर्माले वताए । “यतिखेर संरक्षण क्षेत्रका कृष्णसारहरुमा खोरेतको प्रकोप देखिएको छ” उनले थपे “खोरेतका कारण एउटा कृष्णसार मर्यो केहीमा लक्षण समेत देखिएको छ” हामी चिन्तामा छौ ।

“साता भरिमा एक दर्जन भन्दा बढी कृष्णसारमा खोरेतको लक्षण देखिएको छ, अरुमा पनि नसरोस भनेर सावधानी अपनाएका छौ” उनले भने खोरेतबाट संक्रमित भएका कृष्णसारलाई समातेर उपचार गर्न सार्‍है कठिन भएकोले जोतेका छौं जव पानी पर्छ जोतेको ठाउँ हिलो हुन्छ अनि त्यही हिलोमा कृष्णसार हिडेपछि खुरमा भएको खोरेत सञ्चो हुन्छ स्थानियले वताएको उपाए हामीले अवलम्वन गरेका हौं । कृष्णसार धेरै माथी सम्म उफ्रने भएकाले समात्न पनि कठिनाई हुन्छ ।

 

 

कृष्णसार संरक्षण क्षेत्रको मध्यवर्ती क्षेत्रका वस्तीहरुमा रहेका पशुचौपाया हरुलाई संरक्षण क्षेत्र भित्र चरिचरणको लागि निषेधित गरेका छौ । “उपभोक्ताहरुका चौपायालाई घरमै राखेर रेखदेख गर्न जानकारी गराई सक्यौ” शर्माले भने । “सावधानी नअपनाए कृष्णसारमा खोरेतको महामारी हुन सक्ने” भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।

“खोरेत लागेका कृष्णसारहरु चरिचरण नगर्ने, उभिई रहने, मुख वाउने, खोच्च्याएर हिड्ने र केही दिनपछि आफै मर्ने गरेको पाईयो” शर्माले भने “विरामी कृष्णसारको उपचार गर्न अति कठिनाई हुने गर्छ कृष्णसारलाई नत छोप्न सकिन्छ नत कुनै उपचार नै” । खोरेत रोग लागेका कृष्णसार हिडेको बाटोमा अन्य कृष्णसार हिड्दा र र्याल लगायतबाट रोग सर्ने गरेको उनले प्रष्ट्याए । घरपालुवा चौपायाबाट झन् छिटो सर्ने वताए । उपाए नलागेपछि चरण क्षेत्र जोतेर हिलोबाट उपचार गर्ने घरेलु विधि अपनाएका हौं शर्माले भने ।

कुल १६ दशमलव ९५ वर्ग किलोमिटर क्षेत्रफल रहेको कृष्णसार संरक्षण क्षेत्रमा भाले ६८, पोथी १ सय २७ र वच्चा ५७ गरी २ सय ५२ वटा कृष्णसार रहेको कृष्णसार संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । नेपालबाट लोपहुन लागेको र्दुलभ वन्यजन्तु भएकाले संरक्षीत वन्यजन्तुको सुचिमा रहेको कृष्णसारलाई संरक्षण क्षेत्र घोषणा गरी २०६५ साल देखि कार्यालय स्थापना मार्फत संरक्षण गर्न थालिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.