कलंकी सबस्टेशनमा आगलागी

कलंकी सबस्टेशनमा  आगलागी

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कलकीं स्यूचाटारको सबस्टेनमा आगलागी भएको छ। भीषण आगलागीबाट करोडभन्दा बढी क्षति भएको छ। 

 महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक हेमकुमार थापाले नेपाल प्रहरी, जुद्ध वारुणयन्त्र र नेपाल प्रहरीको दमकलले आगलागी नियन्त्रणमा लिएको जानकारी दिए । कुलेखानीबाट आएको विद्युत् प्रवाहमा समस्या आउँदा आगलागी भएको प्राधिकरण स्युचाटार सवस्टेसनका इलेक्ट्रिसियन शारदा देवकोटाले जानकारी दिए ।

“करिब १५ मिनेट विद्युत् प्रवाह बन्द भयो, सम्पूर्ण प्रणाली नै बन्द भयो, त्यसलाई नियन्त्रणमा लिने प्रयास गर्दा गर्दै पुनः दोस्रो पटक विद्युत् प्रणालीमा समस्या भयो र आगो लाग्यो । आगलागीबाट एउटा ठूलो ट्रान्सफर्मरमा क्षति पुगेको छ”देवकोटाले भने ।

कुन कारणले आगलागी भयो भन्ने बारेमा थप अध्ययन भइरहेको इलेक्ट्रिसियन देवकोटाले जानकारी दिए । काठमाडौँ उपत्यकाभर प्रसारण हुने सोे सवस्टेसनमा नै आगो लागेपनि वैकल्पिक उपाय अपनाएर विद्युत् आपूर्ति गरिने प्राधिकरणले जनाएको छ ।

आगलागी नियन्त्रण गर्ने क्रममा उपत्यकामा केही समय विद्युत आपूर्ति बन्द गरिएको थियो। आगो निभाउन चारवटा दमकल प्रयोग गरिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.