प्रचण्डले भने, अब बन्ने सरकार निकै जोखिमयुक्त

प्रचण्डले भने,  अब बन्ने  सरकार निकै जोखिमयुक्त

ललितपुरः नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने  सरकार निकै जोखिमयुक्त रहेको बताएका छन्। उनले भने, उनले अब नयाँ सरकारले गर्ने काम निकै जोखिमयुक्त छ। अबको सरकारको मुख्य दायित्व दलहरुलाई एकै ठाउँमा ल्याएर संविधान कार्यान्वयन गराउनु हो। 


क्रान्तिकारी किसान सङ्गठनको संयुक्त भेलाद्वारा आयोजित “क्रान्तिकारी किसान सङ्गठनको एकता राष्ट्रिय भेला को उद्घाट्न गर्दै संविधान कार्यान्वयन गर्नुपूर्व आम जनताको हितमा हुने गरी संविधानको संशोधन र परिमार्जन हुनु जरुरी रहेको बताए । उनले राष्ट्रलाई आन्तरिक रुपमा एकतावद्ध र सुदृढ गराइराख्नु अर्को महत्वपूर्ण जिम्मेवारी भएको समेत बताए ।

गाउँपालिका, नगरपालिका, प्रादेशिक तथा संसद्को निर्वाचन गराउनु सरकारको थप चुनौती हुनेसमेत उनले प्रष्ट पारे । उनले सुस्त अवस्थामा रहेको पुनःनिर्माण कामलाई तीव्ररुपले अघि बढाउने समेत प्रतिवद्धता व्यक्त गरे ।

देशको विभिन्न स्थानमा आएको बाढीपहिरोले पीडित बनाएका जनताका लागि आवश्यक राहत र सहयोग गर्नु अर्को चुनौती भएको उनको धारणा थियो । यसैगरी देशका हितमा हुनसक्ने दीर्घकालीन एवम् ठूला आयोजना सुरु गर्नु पनि चुनौतीकै रुपमा रहेको उनको भनाई थियो ।

नयाँ सरकार निर्माणसँगै बेपत्ता छानबिन र सत्य निरुपण आयोगले गर्ने काम दू्रत गतिमा अगाडि बढ्नेमा उहाँको विश्वास रहेको थियो । विगतमा माओवादी पार्टी सरकारमा भएकै कारण सेना समायोजन र हतियार व्यवस्थापनको काम पूरा भएको उहाँले उल्लेख गरे ।

उनले नेपाल कृषिप्रधान देश भएकाले खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिमा नयाँ प्रविधिको प्रयोग गरिनुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल ठाकुरले आफ्नो पार्टी श्रमजीवी वर्गको पार्टी भएको बताए ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान सङ्घ(क्रान्तिकारीं), अखिल नेपाल किसान सङ्घ(माओवादीं)लगायतका सङ्गठन एक हुन लागेको कार्यक्रमका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.