माओवादीको आधार इलाकामा फर्निचर उद्योग चलाउने वन्धना

माओवादीको आधार इलाकामा फर्निचर उद्योग चलाउने वन्धना

रोल्पा: रोल्पाको घर्तीगाउँ । द्वन्द्वका बेला यो ठाउँ माओवादीको प्रमुख 'आधार इलाका' थियो । शान्ति प्रक्रियापछि तंग्रिन थालेको घर्तीगाउँ अहिले रोल्पाको मुख्य व्यापारिक केन्द्रका रूपमा स्थापित हुन थालेको छ ।

यही घर्तीगाउँको बजारमा वन्दना घर्तीले फर्निचर उद्योग चलाउने सोच गरिन् । वरिपरिका महिला जुटाइन् अनि सल्लाह गरिन् । सातजना महिलाले एकएक लाख जम्मा गरे । सुरुमा त सबैले उनलाई उडाए, 'आइमाईले पनि के व्यापार गरिखालान्, त्यो पनि अझ काठको ? ' वन्दनालाई लाग्थ्यो 'यसरी किन हेप्दा हुन् हामीलाई, कमसेकम महिला भनेको भए पनि त हुन्थ्यो आइमाई रे ।'

तर पनि उनले हिम्मत हारिनन् । काठका काम गर्ने केही मिस्त्री जुटाइन् । अनि व्यापार सुरु गरिन् । महिलाले गरेको व्यापार त्यो पनि काठको । कम्ती चुनौतीपूर्ण थिएन । त्यसमा पनि पहाडको ठाउँ, काठ किन्न र ढुवानीको उस्तै समस्या । उनले हिम्मत गर्दै गइन् । दुई वर्षमै उनी घर्तीगाउँमा जमिन्, फर्निचर उद्योगमा । अहिले उनलाई काठ व्यापारीका रूपमा पनि चिनिन्छ । काठ किन्न, काट्न अनि ढुवानी गर्न उनी आफैं अघि सर्छिन् ।

'कहिले पुलिसले बोलाउँछ, कहिले वन कार्यालयले', उनले हाँस्दै भनिन्, 'जसले जाहाँ बोलाए पनि जान्छु, मै हुँ ठेकदार के चाहिएको छ, काठ काट्ने अनुमति छ, सरकारले व्यापार गरिखा भनेर दिएको अनुमति पनि छ, सबै देखाउँछु ।'

कति ठाउँमा त उनी ठाडै जबाफ पनि दिन्छिन्, 'सबै कानुनी रूपमा काम गरेको छु, वन फँडानी गरेर रूख चोरेको हैन, यी अनुमति लिएर काटेको हुँ भनेर कागज देखाइदिन्छु' उनले भनिन्, 'पुलिसलाई त सीधै भन्दिन्छु, कागज छ, प्रमाण सबै छ अब कति पैसा खोज्नुभाको हो भन्नुस्, भन्दिन्छु अनि सबै चुप लाग्छन् ।'

महिला भएकै कारण पनि पुलिस प्रशासनले बढी दुःख दिएको उनको अनुभव छ । काठ किन्न जाँदा कहिलेकहीं भाउ मिल्दैन । अनि मान्छेहरू भन्छन्, 'यी आइमाईका जात धेरै किचकिच गर्छन्', उनले हाँसेर भनिन्, 'घाटा खाने काम किन गर्ने ? व्यापार गरेपछि नाफा त हुनैपर्छ नि ? '

घर्तीगाउँको मुख्य बजारमै 'हरियाली महिला काष्ठ तथा फर्निचर उद्योग' मा उनको दैनिकी बित्छ । त्यसमा सेयर लगानी गरेका उनका अरू महिला सदस्य प्नि फर्निचरमा आएर काठको व्यवस्थापनमा सघाउँछन् । महिलामा काठको काम गर्ने औपचारिक ज्ञान नभएका कारण काठका सामान बनाउने काम भने उनीहरूले गर्दैनन् । तर बन्दनाको योजना छ, महिलालाई काठको मिस्त्री बनाउने । 'हामीले पनि गर्न सक्छौं, काम सिक्दैछौं, पछि हामी आफैंले सबै उत्पादन गर्ने हो ।'

उनले यो काठ उद्योगका लागि बजारका अरू व्यापारीहरूसँग पनि सेयर उठाएकी छन् । अहिले उद्योगमा १५ लाखभन्दा बढी लगानी भएको छ । उनी त्यो उद्योगकी अध्यक्ष हुन् ।

३६ वर्षकी बन्दनाका पति राजनीति गर्छन् । अहिले उनी माओवादी केन्द्रका जिल्लास्तरीय नेता हुन् । छोरीले भर्खर एसएलसी दिएर पढ्नका लागि दाङ झरेकी छन् । छोरा घर्तीगाउँकै स्कुलमा पढ्छन् । त्यो उद्योगबाहेक उनको घर्तीगाउँमै किराना पसल पनि छ । बिहे भइसकेपछि उनले घरमै पढेर एसएलसी पास गरिन् ।

उनी स्थानीय लक्ष्मीडाँडा महिला सामुदायिक वनकी अध्यक्ष पनि हुन् । उनको वन रोल्पामै उत्कृष्ट वनका रूपमा स्थापित छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.