एउट गीतले चर्चित गायक

एउट गीतले चर्चित गायक

काठमाडौंः पपगायक सम्भोज मल्ल नेपाली संगीत क्षेत्रमा परिचित नाम हो । ६ वर्षअघि मल्लले आफ्नै शब्द, संगीत र स्वरमा बजारमा ल्याएको गीत ‘गोरी सुन रे’ सबैको ओठमा झुन्डिएको थियो । यही गीतका कारण उनी चर्चित भए । उनलाई स्वदेशदेखि विदेशसम्मका स्टेजमा पुर्‍यायो ।

संख्याभन्दा गुणस्तरलाई महत्व दिने मल्लले हालसम्म दुईवटा एल्बम बजारमा ल्याएका छन् । ‘सोलस' र ‘सनक' नामक एल्बममा समावेश सबै गीत चर्चित छन् । तेस्रो एल्बमको तयारीमा रहेका सम्भोजले २० भन्दा बढी गीतका शब्द लेखेका छन् र तिनमा संगीत भरेका छन् ।

गोरी सुन रे, जब साँझ पर्छ, सेतो घोडा र पर्खेर बस उनका अत्यधिक रुचाइएका गीत हुन् । सानै उमेरदेखि गीत संगीतमा रुचि राख्ने भएकै कारण यस क्षेत्रमा प्रवेश गरेको मल्ल बताउँछन् । दुई तीनवटा गीत हिट हुनेबित्तिकै स्टेज कार्यक्रमको माग बढ्ने उनको भनाइ छ ।

केही समयअघि मात्र रिलिज भएको देशभक्तिले ओतप्रोत गीत ‘नेपाल जिन्दावाद’का शब्द र संगीत पनि मल्लकै हुन् । यो गीतमा सविन लामाले स्वर दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.