चरीकोटमा सिन्धु विकास बैंकको शाखा
चरीकोटः सिन्धु विकास बैंकले दोलखा सदरमुकाम चरीकोटमा शाखा खोलेको छ । सिन्धुपाल्चोक जिल्लालाई आधार बनाई कारोबार गरिरहेको सिन्धु विकास बैंकले नवौं शाखाका रूपमा चरीकोटमा मंगलबारबाट कारोबार सुरु गरेको हो ।
दोलखामा पछिल्लो समय निजी बैंकले शाखा खोल्ने क्रम तीव्र बनेको छ । बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले शाखा उद्घाटन गरे । कर्जामा आठ प्रतिशतमात्र ब्याजमा कारोबार गर्ने योजनासमेत उद्घाटनका क्रममा सार्वजनिक गरिएको छ ।
सिन्धुपाल्चोकको बाह्रबीसेमा केन्द्रीय कार्यालय रहेको बैंकको मेलम्ची, खाडीचौर, मुडे, सुकुटे काभे्रपलाञ्चोकको बनेपा, पाँचखाल र दोलालघाट, सिन्धुलीको भकुन्डेबेसीमा समेत शाखा छन् । चुक्ता पुँजी साढे १२ करोड रहेकोमा हकप्रद सेयर जारी कार्य सकिने बित्तिकै २५ करोड पुग्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
४