खडेरीबाट मान्छे बचाउन ३ सय जनावर मारिने !

खडेरीबाट मान्छे बचाउन ३ सय जनावर मारिने !

नामिबियाः नामिबियाको सरकारले करिब ३ सय जंगली जनावरलाई मार्ने र खाद्यान्नको अभावमा राहत दिने विकल्प प्रस्तुत गरेको छ । मुलुकमा भीषण खडेरीका कारण करिब सात लाख मानिसले खाद्यान्नको अभाव भोगिरहेका बेला सरकारले यस्तो योजना ल्याएको हो ।

नामिबियाका वातावरणमन्त्री फोहम्बा सिफेताले बुधबार राहतका लागि उक्त प्रस्तावको घोषणा गरेका छन् । सन् २०१६ को सुरुवातदेखि अहिलेसम्म नामिबियामा १ सय ६२ गैंडा र ८० हात्तीको सिकार भएको तथ्यांक समाचारमा प्रकाशित भएका थिए ।

वन्यजन्तुको सुकार गर्ने काम उचित नभए पनि सरकारसँग यसको कुनै विकल्प नभएको उनको भनाइ छ । खडेरीबाट भोकमरीमा परेका मानिसलाई राहत दिन चालिने यस्तो कदम दुःखद भए पनि यसको विकल्प नहुँदा सरकार यस्तो कदम चाल्न बाध्य भएको मन्त्री सिफेताले बताए ।

जंगली जनावरलाई मारेर भोकमरीमा परेका मानिसलाई राहत दिने योजना यहाँको राष्ट्रिय निकुञ्जको जनताका लागि योगदान भएको उनको दाबी छ । सिफेताले आफ्नो मन्त्रालयले ३ सय जनावरलाई खडेरी पीडित नागरिकलाई दिने निर्णय गरिसकेको स्पष्ट पारे ।

यसबारे प्रधानमन्त्रीको कार्यालयको राय लिएर अन्तिम निर्णय गरिने पनि उनले दाबी गरे । यस योजनाअन्तर्गत सरकारी स्वामित्वमा रहेका विभिन्न तीनवटा निकुञ्जमा रहेका जंगली जनावरलाई मारिने छ ।

मन्त्री सिफेताले भने, ‘हाम्रा जंगली जनावर पनि खडेरीका कारण मर्ने अवस्थामा पुगे पनि हामी जनता भोकै मरेको हेर्न नसकेकाले यो विकल्प प्रस्तुत गरिएको हो ।' नामिबियाले यसअघि सन् २०१३ मा पनि भोकमरीमा परेका जनतालाई राहत दिनका लागि भन्दै ५ सय जंगली जनावरलाई मारेको थियो ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.