ढाकामा ४६ नेपाली अलपत्र

ढाकामा ४६ नेपाली अलपत्र

काठमाडौं: एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ढाका पुर्‌याएर ४६ नेपालीलाई अलपत्र छाडेका छन् । ती नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादेशस्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीले अन्नपूर्णलाई टेलिफोनमा बताए ।

ओलीका अनुसार ढाकास्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै ती बंगलादेशी दलालले उनीहरूलाई जेठ दोस्रो साता पर्यटक भिसामा त्यहाँ पुर्‌याएका थिए ।

सुरुमा पर्यटक भिसामा बंगलादेश पुर्‌याइएका उनीहरूको भिसाको म्याद सकिएपछि दलालले 'वर्किङ भिसा' मिलाइदिने भन्दै फसाएपछि उनीहरू गैरकानुनी ढंगले बस्न बाध्य भएका थिए । ती बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ४६ नेपालीबाट ८० लाख रुपयाँ उठाएको बताइएको छ । ठगिनेमा नेपालबाट 'बिजनेस भिसा' लिएर जानेहरूसमेत छन् ।

नेपालीलाई बिचल्ली पार्ने ती मानव तस्करलाई ढाका प्रहरीले फक्राउ गरेको छ । ती मानव तस्कर नेपाल आउजाउ गरेको समेत पाइएको छ । नयाँ बानेश्वरस्थित एक निजी स्वास्थ्य संस्थाको 'फिजिसियन कन्सल्टेन्ट' बाट लिएको परिचयपत्र ती दलालबाट ढाका प्रहरीले जफत गरेको छ ।

 

ढाका प्रहरीले उनीहरूको गैरकानुनी हैसियतबारे नेपाली दूतावासलाई जानकारी गराएपछि उनीहरूको उद्धार गरिएको थियो । उनीहरूलाई दूतावासकै रेखदेखमा ढाकामा राखिएको छ । 'आवश्यक प्रक्रिया पूरा गरी सबैलाई नेपाल फर्काइनेछ', ओलीले भने ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले अलपत्र नेपालीलाई ढाकास्थित दूतावासको समन्वयमा स्वदेश फर्काउन पहल भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.