प्यूठानमा माईक्रोको ठक्करबाट ३ नेपाली सेना गम्भीर घाईते

प्यूठानमा माईक्रोको ठक्करबाट ३ नेपाली सेना गम्भीर घाईते

प्यूठानः  भालुवाङ र प्यूठानको दरर्भानमा माईक्रोको ठक्करबाट तीन जना नेपाली सेना गम्भीर घाईते भएका छन् ।

भैरवनाथ गण महाराजगञ्जबाट प्यूठान सदरमुकाम खलङ्गाको लागि पैदल हिडिरहेका नेपाली सेनालाई माइक्रोले ठक्कर दिएको हो। शनिबार बिहान भालुवाङबाट प्यूठानको दर्भान जाँदै गरेको ना ३ ख ७०३३ नम्बरको माईक्रोले दरर्भान प्रहरी चौकीको चेक पोष्ट अगाडी ठक्कर दिंदा तीन जना नेपाली सेना गम्भीर घाईते भएका हुन् ।

माईक्रो ठक्करबाट रापेछाप जिल्ला फलासी—३ का ३३ बर्षीय नेपाली सेनाका लेसनायक यज्ञप्रसाद पौडेल, धादिङ जिल्ला नौँबिसे—९ का ३५ बर्षीय सेनाका लेसनायक धनकुमार थापा र चितवन जिल्ला नेभौली—५ का २५ बर्षीय अञ्चन महतो गम्भीर घाईते हुनु भएको प्रहरी चौकी दरर्भान प्यूठानका प्रहरी नायव निरिक्षक गणेश गिरीले जानकारी दिए ।

घाइतेलाइ नेपाली सेनाको हेलिकोप्ट्रर मार्फत उद्धार गरि राजधानी लगिएको छ। गणका मेजर विकास बानियाको नेतृत्वमा १ सय २७ जना नेपाली सेनाको टोली प्यूठानको खलङ्गामा तालिमको लागि पैदल हिडिरहेको बेला माईक्रोले पछाडीबाट ठक्कर दिंदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

माईक्रोका सह-चालकले अत्याधिक मार्दकपदार्थ सेवन गरी गाडी चलाउँदा उक्त दुर्घटना भएको प्रहरी नायव निरिक्षक गिरिले बताए। ठक्कर दिने गाडी र सह—चालकलाई प्रहरी चौकी दरर्भानले आफ्नो नियन्त्रणमा लिएको छ ।

यसैबीच सल्यानबाट रुकुमकोट जादैँ गरेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.